कविता

45 Views

गणनाथ शर्मा
म ढाडे बिरालो हिन्दिन भिरालो साँढेमा गनिन्छु म
स्वयं घोषित क्रान्तिकारी कवि हुँ म अग्रज भनिन्छु म
गोहीका आँशु झार्छु गोष्ठीहरुमा आँशु र मासु कवि
बत्तीस दन्त छन् मेरा मुखभरी राम्रै छ मेरो छवि
एक्लै लड्छु र टाउको पनि फोड्छु व्याँसो झैं उफ्री मर्छु
जे देखुन् मत छु सम्राट म्याग्दीका आफै घोषणा गर्छु
खोस्रेर अगेनोमै सुत्छु मजाले के कुम्भकर्ण सुतुन्
चाहे म विरुद्ध सबै कोटी नेपाली बन्छु जुटुन्
गरिबका आँशु र प्राणीका मासुले मोटो छ बंगुरभन्दा
साइलक छ प्रवृत्ति उम्लिन्छु धनमा गरेर झुटको धन्दा
सियोनी निर्माण गर्दिन अगुवा अरुको जस लिन्छु
धन्यवाद भन्नुको साटो काम गर्नेलाई आरोप थोपारीदिन्छु
मेडइन नेपाल लेख्छु चाहे सामाना जापान, चाईना बनुन्
बत्तीसै दन्त छन् मेरा मुखभरी चाहे जेसुकै भनुन्
खुर्सानी, ऊखुबारी कित्ताहरु छन्, नेपालमा सेरोफेरो
नापेमा नौमुरी तिलजति इज्जत छ स्वयं मेरो जति
मेरौ शैली लेखन देखेर खुशी छन् चौधै भुवनमा रवि
बत्तीस दन्त छन् मेरा मुखभरी राम्रै छ मेरो छवि
संरक्षकः नन्दलाल–हरिकला साहित्य प्रतिष्ठान, म्याग्दी

आइतवार, जेष्ठ १९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...