बिकिनी लगाउँदा समस्यामा परिन् यी डाक्टर

हामीमध्ये धेरैजसो सोसल मिडियामा निकै सक्रिय छौं । हामी जे गर्छौं त्यसको फोटो खिचेर तुरुन्त सोसल मिडियामा सेयर गर्ने गर्छौं । तर म्यान्मारकी एक महिला डाक्टर नांग मी सानको यही बानीले उनलाई समस्यामा पार्‍यो । उनको डाक्टरको लाइसेन्स नै रद्द गरिएको छ ।

 

डाक्टर नांग मी सानले लाइसेन्स फिर्ता लिने काउन्सिलको निर्णयलाई गलत बताउँदै यसको कडा विरोध गरेकी छिन् र यसलाई व्यक्तिगत स्वतन्त्रतामा दखलको संज्ञा दिएकी छिन् ।

२९ वर्षकी डाक्टर नांग मी सानले आफ्नो सोसल मिडिया अकाउन्ट फेसबुकमा विभिन्न बोल्ड तस्बिर पोष्ट गरेकी छिन् जसमध्ये धेरैमा उनले बिकिनी लगाएकी छिन् । नांगका यस्तै तस्बिर म्यान्मार मेडिकल काउन्सिललाई पचेन । (फोटो – Facebook/Nang Mwe San)

काउन्सिलले नांगलाई नोटिस पठाउँदै यस्ता तस्बिर देशको संस्कृति विरोधी भएको बताउँदै यसैका कारण लाइसेन्स रद्द गरिएको जानकारी दिएको छ । (फोटो – Facebook/Nang Mwe San)

यस्तै, स्थानीय मिडिया रिपोर्टका अनुसार डाक्टर नांग मी सान यो नोटिसले अत्यन्तै दुखी र हैरान भएकी छिन् । मेडिकल प्राक्टिसका बेला आफूले कहिले पनि छोटो कपडा नलगाएको र डाक्टर बन्न आफूले लामो संघर्ष गर्नुपरेको उनले बताएकी छिन् । (फोटो – Facebook/Nang Mwe San)

डाक्टर नांग जनरल फिजिशियन हुन् र चार वर्षसम्म उनले डाक्टरको रुपमा काम गरेकी थिइन् । यद्यपि, पछिल्लो दुई वर्षदेखि उनले मोडलिङको करियर अघि बढाउन डाक्टरी पेशालाई स्थागित गरेकी थिइन् । अब काउन्सिलले लाइसेन्स रद्द गरेपछि उनको समस्या बढेको छ । (फोटो – Facebook/Nang Mwe San)

मङ्लबार, असार १७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...