सेमीफाइनल भारत र न्युजिल्यान्डबीचको खेल वर्षाले प्रभावित

25 Views

आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्डबीच खेल वर्षाले प्रभावित बनेको छ।

म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षा भएको हो।

न्युजिल्यान्डका लागि रोश टेलर ६७ रन र टम लाथम ३ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए। हेनरी निकोल्सले ५१ बलमा २७ रन ज । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए।
जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए।

बलिङमा भारतका पाँच बलरले १-१ विकेट लिएका छन्। भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले विकेट लिएका हुन्।

 खेल रोकिएपछि २ घण्टासम्मा खेल सुरु भए पूरै ५० ओभरको खेल हुनेछ।

त्यो भन्दा धेरै समय रोकिएमा क्रमश: ‌ओभर घट्दै जानेछ।

४६ ‍ओभरको खेल भएको अवस्थामा भारतले २३७ रनको नयाँ लक्ष्य पाउनेछ। यस्तै २० ओभर खेल भए १४८ रनको लक्ष्य दिइनेछ।

आज यसपछि खेल नभएमा भोलि यही स्कोरबाट न्युजिल्यान्डले खेल्न सुरू गर्नेछ। तर वर्षा रोकिएर निश्चित ओभरका लागि खेल सम्भव हुने भनेर भारतलाई नयाँ लक्ष्य दिएपछि २० ओभरको खेल खेल पनि सम्भव भएन भने भोलि भारतले त्यहि स्थितिबाट दिइएको नयाँ लक्ष्य पछ्याउने छ।

मौसम पूर्वानुमान अनुसार बुधबार पनि म्यानचेस्टरमा वर्षाको सम्भावना छ।

बुधबार खेल वर्षाले रद्द भएमा लिग चरणको अंकको आधारमा नतिजा तय हुनेछ। जसमा शीर्ष भएको भारत अघि रहँदै फाइनल पुग्नेछ।

यस विश्वकपका लागि आइसिसीले बनाएका नियम यस्तो छ :-

१. सुपर ओभर 
-स्कोर बराबरी भएमा सेमिफाइनल र फाइनल मात्र सुपर ओभर हुने।

२. समान अंक भएमा टाइ ब्रेकर
-जितको संख्या
-नेट रन रेट
-हेड टु हेड नतिजा
-खेलअघिको वरीयता

३. रिजर्भ डे ।‍
-निर्धारित मितिको खेल रद्द भएमा सेमिफाइनल र फाइनलको खेल मात्र अर्को दिन हुने।

४. सेमिफाइनल वासआउट भए के हुन्छ?
रिजर्भ डेको खेल पनि रद्द भए लिग चरणको अंक तालिकाको आधारमा अघि रहने टिम फाइनलमा पुग्नेछ।

५. फाइनल पनि वासआउट भए?
फाइनलमा पुगेका दुवै टिमलाई ट्रफी दिइनेछ, अर्थात् संयुक्त विजेता घोषणा गरिनेछ।

बुधबार, असार २५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...