ओमानमा २०५औँ भानुजयन्ती भब्यताका साथ सप्पन्न


सन्तोष कटुवाल

इरुप्से ड्ट्कम ओमन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान च्याप्टरले आज अलरिफ होटेल गोब्रामा एक साहित्यिक कार्यक्रम गरेर २०५औँ भानुजयन्ती भब्यताका साथ मनायो।समाजका अध्यक्ष सुशील पुन विरहीको सभापतित्व,गैर आवासीय नेपाली संघका सचिब डिबि क्षेत्रीको प्रमुख आतिथि ,एनआरएन सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा पुनको बिशेष आतिथिमा सम्पन्न कार्यक्रमको अतिथीहरुमा ओमानका क्रियाशील सबै संघ सस्थाका प्रतिनिधिहरु,पत्रकार,साहित्यकार र अन्य साहित्यप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

समाजका कोषाध्यक्ष तथा समाजसेवी तोलाकान्त भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सभापतित्व ग्रहण गर्नुभएको सुशील पुन विरहीले आदिकबि भानुभक्त आचार्यको जीवनी र योगदानको बारे प्रकाश पार्दै श्रद्वा सुमनका शब्दगुच्छाहरु अर्पन गर्नु भएको थियो । आफ्ना गजलहरु पनि प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रमुख अतिथि डिबि क्षेत्रीको मात्र मन्तब्य राखिएको थियो अतिथीहरुको मन्तब्य राखिएको थिएन सिधै साहित्य सर्जकहरुका रचना वाचनलाई स्थान दिईएको थियो। ओमानमा भएका साहित्यिक कार्यक्रम मध्ये अहिलेसम्मकै भब्य बन्न गएको यो कार्यक्रममा २२ जनाले जति आआफ्नो रचना प्रस्तुत गरेका थिए भने लगभग ८० जनाको उपस्थिति रहेको थियो।
राजु लामा,शालिकराम चापागाई,घनस्याम भण्डारी,तुक बहादुर राम्दान,जीवन कार्की,खेम खड्काथोकी,छबिलाल बस्नेत,कमल पराजुली,ईन्दिरा गुरुङ,सुशील पुन विरही,प्रतीक सँग्रामी,सोमकृष्ण श्रेष्ठ,कृष्ण भुसाल प्यासी,तोलाकान्त भट्टराई,ओमकार तामाङ्,यामप्रसाद पौडेल,शालिकराम आचार्य,हरि न्यौपाने,रञ्जित आचार्य,लोकेन्द्र सुनुवार लगायतले कविता वाचन गरेका थिए । रचना वाचन गर्ने सबैलाई सम्मान पत्र र खादाद्वारा सम्मानित गरिएको थियो।एनआरएन सोसल क्लबको विशेष सहयोग रहेको कार्यक्रममा,समीर श्रेष्ठ (युनिमोनि )को पनि महत्त्वपूर्ण सहयोग रहेको थियो ।अत्यन्तै राम्रो साहित्यिक माहौलमा सम्पन्न कार्यक्रमको सञ्चालन अनेसास कै महासचिव कृष्ण भुसाल प्यासीले गर्नु भएको थियो।सहयोगी र सहभागी सबैप्रति आभार प्रकट गर्दै सभापतिले गजलसहित कार्यक्रमलाई समापन गर्नुभएको थियो।

शनिबार, असार २८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...