निजी विद्यालयलाई अभिमुखीकरण

46 Views

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीको आयोजनामा नीजि विद्यालय सञ्चालन सम्बन्धमा नीति नियमहरुको अभिमूखीकरण कार्यक्रम बेनीमा सकिएको छ।
दुई दिन सम्म चलेको उक्त कार्यक्रममा बेनी नगरपालिका, अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाका १६ वटा विद्यालयका प्रधिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा निजि विद्यालय सञ्चालन गर्दा अपनाउन पर्ने र पालना गर्नु पर्ने नीति नियमहरुको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमको बेनी नगरपालिका शिक्षा शाखाका विश्व रेग्मी, तथा श्रोत व्यक्तिहरु केशवप्रसाद रेग्मी र डेकबहादुर बानियाँले सहजीकरण गरेका थिए ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रम प्याव्सन अध्यक्ष कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
त्यस्तै गत असार १४ र १५ गते मंगला गाउँपालिका बाबियाचौरमा पनि कार्यक्रम आयोजना गरीएको इकाइ प्रमुख थापाले बताए । उनका अनुसार मंगलामा भएको कार्यक्रममा मंगला गाउँपालिका, मालिका गाउँपालिका र धौलागिरी गाउँपालिकाका ८ वटा विद्यालयको सहभागिता रहेको थियो ।

मङ्लबार, असार ३१, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...