गोलकिपर किरण भारतीय क्लब पञ्जाबमा आबद्ध

40 Views

नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेमजोङ भारतीय क्लब मिर्नेभा पञ्जाब आबद्ध भएका छन्।

किरणले भारतको माथिल्लो डिभिजनको आई लिग खेल्ने क्लब पञ्जाबसँग दोस्रो पटक सम्झौता गरेका हुन्।

यसअघि उनले २०१७ को सिजनको अन्त्यमा पञ्जाबबाट खेलेका थिए। त्यतिबेला उनले ८ खेल खेलेका थिए।

२ महिनाअघि किरण र माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबीच भएको सम्झौता रद्द भएको थियो। रद्दपछि नयाँ क्लबको खोजीमा रहेका किरण भारतीय क्लबमा पुगेका हुन्।

क्लबले पनि किरणसँग सम्झौता भएको पुष्टि समाजिक सञ्जालमार्फत गरेको छ।

MINERVA PUNJAB FC

@minervapunjabfc

We are delighted to announce that Kiran Chemjong Limbu is back with the Minerva Family.

See MINERVA PUNJAB FC’s other Tweets

टिसी स्पोर्ट्सले राष्ट्रिय टिमको खेल छाडेर माल्दिभ्स आउन आग्रह गरेको थियो। तर किरणले नेपालको मलेसिया र चाइनिज ताइपेईविरुद्धको मैत्रीपूर्ण खेल कारण माल्दिभ्स आउन नसक्ने बताएका थिए। एन्फाले पनि क्लबलाई पत्रचार गरेको थियो। तर क्लबले भने सम्झौता नै रद्द गरेको थियो।

पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिगका लागि टिसी स्पोर्ट्स क्लबले फरवार्ड विमल घर्तीमगर र गोलकिपर किरण चेमजोङसँग सम्झौता गरेको गरेको थियो। टिसी स्पोर्ट्स लिगको साविक विजेता हो। राष्ट्रिय टिममा नरहेका विमल भने क्लबबाट खेलिरहेका छन्।

२०१७ मा टिसीबाट पहिलो सिजन खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। त्यतिबेला टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा दोस्रो स्थान हात पारेको थियो।

२०१७ को अन्त्यमा किरणले पञ्जाजबाट केहि महिना खेलेका थिए। पछि फेरि उनी टिसी स्पोर्ट्समै आबद्ध भएका थिए।

किरण गत सिजन माल्दिभ्सको पहिलो डिभिजनको लिग धिवेदी प्रिमियर लिग २०१८ को उत्कृष्ट गोलकिपर बनेका थिए। किरणले सिजनमा टिसी स्पोर्टसलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

२८ वर्षीया किरणले सन् २०१६ मा मनाङ मस्याङ्दीबाट खेलेका खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौ घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ६५ क्याप जितिसकेका छन्।

बिहिबार, साउन २, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...