सकियो त एकता!

मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता पक्रियाका सम्पूर्ण काम टुङ्गो लागेको भनेर प्रचार गरियो । तर त्यो अनुरुपको काम भयो भएन भन्ने टुङ्गो लाग्न भने बाँकी नै रहेको देखिएको छ । जब सम्म पूर्ण रुपमा कार्यकर्ता तह सम्म एकिकरणको पुरा काम सकिदैन तब सम्म राजनैतिक रुपमा भएका सहमती र नेतृत्व तहमा भएका सहमतीले पनि काम गर्ने वाला पक्कै छैन । पार्टी अध्यक्ष द्वय पुष्पकमल दाहल र केपी शर्मा बीच पार्टीको एकता सम्बन्धी सबै काम सक्ने गरी भएको सहमती भएको छ । तर बुधबार सम्म त्यस्तो कुनै ठोस सहमती भने देखिएको छैन । सचिवालय बैठक बोलाइएको छ भने कुनै पनि कुराहरुको अन्तिम निचोड निस्केको भने छैन ।
दुई जना अध्यक्ष एवम् पार्टी महासचिब बिष्णु पौडेका साथै रामबहादुर थापा सम्मीलित बैठकले पार्टी एकताका सबै काम सक्ने गरी सहमती गरेको भएपनि त्यसलाई सकिसकिएको भने देखिएको छैन । सम्पूर्ण कामको टुङ्गो लगाएर सचिवालय बैठकले निचोड निकाल्ने सहमती भएको छ । तर सचिवालय बस्न समय पक्कै छ । त्यस पछि हुने छलफल र बैठकको निर्णय हेर्न भने बाँकी नै छ । जब सम्म सचिवालय बैठकले सबै कुराको टुङ्गो लगाउँदैन तब सम्म केही भन्न सक्ने अवस्था नै रहदैन । दुई अध्यक्षबीच कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटि, विभाग, आयोग गठनबारे लगायतका विषयमा सहमति भएको छ । प्रचण्डले मङ्गलबार ओली र आफूबीच भएको सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुङ्गो लगाउने बताएका थिए । सोही कारणले गर्दा सबै सकिएको महशुष गरीएको छ । तर अहिले ढुक्क हुने अवस्था भने पक्कै पनि छैन ।
साउन ५ गते आइतबारका लागि सचिवालय बैठक बोलाइको छ र त्यसमा सबै विषयमा टुङ्गो लगाउने सहमती भएको छ । असार मसान्त भित्रै पार्टी एकताका सबै काम सक्ने गरी घोषणा गरेको नेकपाले अहिले त्यस समय सिमा भित्र काम नसकेको भएपनि मसान्तको दिनमा प्रचण्डले ५ गते सचिवालय बैठकले सबै कुरा टुङ्गो लगाउने भनेर घोषणा गरेर नयाँ थालनी भने पक्कै गरेका हुन् । स्कुल विभाग, संगठन तथा प्रचार लगायतका विभागका विषयलाई कुन तबरले टुङ्गो लगाउने भन्ने विषयमा केन्द्रीत भएर गरीएको छलफल अब निष्कर्षमा पुगोस् । सचिवालयले गरेको निर्णय पछि पार्टीको स्थायी कमिटि तथा केन्द्रीय कमिटिको बैठक हुदै सबै विषय टुङ्गोमा पु¥याउनका लागि पार्टी नेतृत्व लागो शुभकामना ।

बिहिबार, साउन २, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...