रियलको लज्जास्पद हार

29 Views

 इन्टरनेशनल च्याम्पियन्स कपको मड्रिड डर्बीमा रियलले लज्जास्पद हार व्यहोरेको छ । शनिबार विहान भएको खेलमा एथ्लेटिकोले रियललाई ७-३ गोल अन्तरले हराएको हो ।

एथ्लेटिकोले पहिलो हाफमा नै ५ गोल गरेको थियो । खेलमा एथ्लेटिकोले पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलबाट अग्रता लिएको थियो ।

आठौं मिनेटमा जोआओ फेलिक्स, १९ औं मिनेटमा कोरियाले गोल गरे । खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका कोस्टाले पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी गोल गर्दै हृयाट्रिक पुरा गरे ।

दोस्रो हाफको सुरुमा नै कोस्टाले अर्को गोल गरे ।

सुधारिएको प्रदर्शन गरेको रियल मड्रिडका लागि ५९ औं मिनेटमा नाचोले गोल गरे । तर, ७० औं मिनेटमा एथ्लेटिकोका लागि सातौं गोल भिटोलोले गरे ।

खेलको ८५ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमार्फत गोल गरे भने ८९ औं मिनेट जाभी हर्नान्डेजले गोल गरे । र, रियल ७-३ गोल अन्तरले पराजित भयो ।

शनिबार, साउन ११, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...