बाबा आमाको पालो

34 Views

संसारमा कोही कसैले अरुकालागि आफू पिल्सीएर बाँचेको हुन्छ भने त्यो भनेको बाबु आमा नैहुन् । भन्न त भनिएला अभिभावकले पनि विना स्वार्थ कसैलाई पनि हुर्काउँदैनन् भनेर तर पनि जो कसैले पनि यदी संसारमा केही काम गरेको हुन्छ भने त्यो स्वार्थ मिश्रित हुन्छ । तर बाबुआमाले आफू भोकै बसेर पनि आफ्ना सन्तानको पेट भराउने काम गरेका हुन्छन् । त्यसैले त भनिन्छ बाबु आमा भगवानकै रुप हुन् भनेर । तर उनीहरु भगवानको रुप नभएर साक्षात भगवान नै हुन् भन्दा पनि ठिक होला । किन भने बाबु आमाले आफ्ना सन्तानलाई जन्माउने, हुर्काउने, पढाउने र बढाउने समेत गर्ने भएकाले उनीहरुको लगानी उठ्छ भनेर काम गरे भन्ने सवाल कुनै पनि हालतमा पाच्य हुदैन ।
आज विश्व आमाबुबा दिवस । आजको दिनमा मात्रै आमा बुबाको चर्चा गरेर त पुग्दैन । तर पनि आजको दिनमा आमाबाबुको योगदान र देनका बारेमा कुरा गर्न पक्कै पनि पर्छ नै । जब कुनै पनि जीवजन्तुको जन्म हुन्छ त्यस पछि आमाबाबुको दायित्व तत्कालै झल्कन्छ । सर्पले आफ्ना सन्तान खान्छ भन्ने गरिन्छ तर पनि उसले पनि आफ्ना सन्तानलाई संसार देखाउने काम भने पक्कै पनि गरेको हुन्छ । माकुराले अण्डा बाट जब बच्चा बाहिर निकाल्छ तब उसका बच्चाहरुले नै आफ्नो आमालाई खाइदिन्छन् तर पनि उसले आफ्नो सन्तानलाई संसार देखाएर आफ्नो इहलिला समाप्त गरेको हुन्छ । कुनै पनि जीब, जनावर तथा मानिस सबैले आफु आमाबाबु हुनुको जिम्मेवारी पुरा गरेकै हुन्छन् । तर उनका सन्तानले कति सम्म जिम्मेवारी पुरा गरेका होलान् भन्ने सवाल भने टाढाको कुरा हो ।
अहिलेको समयमा श्रवणकुमार जस्ता छोराको कल्पना गर्नु मुर्खता हुन सक्छ । तर पनि हामीले अहिले कम्तिमा पनि असल सन्तानको कामना र कल्पना गर्न त पक्कै पनि सक्छौं । जब सम्म सन्तानले आफ्नो बाबुआमाको बारेमा सोच्दैन उसको सन्तानले पनि उसको बाबा आमाको बारेमा सोच्ला नसोच्ला भन्ने सवाल कसले उठाउने वा न उठाउने भन्ने हुनेछ । बुवाआमा बन्नु एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो भने छोराछोरी बन्नु पनि स्वभावत एउटा जिम्मेवारी अनि कर्तव्य दुबै हो । विभिन्न व्रत बस्ने ब्रतालुहरुले आफ्नै घरका बुवाआमा, सासुससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँझो मान्दछन् । कति बुहारीहरुले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सासुससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवाआमाको महत्व सबैले बुझ्न जरुरी छ । यस वर्षको विश्व आमाबुवा दिवसका दिन सबैले कामना गरौं श्रवण कुमार जस्ता छोराछोरी सबैका हुन् । आजको सन्तान भोलीका आमाबुवा पनि त हुन् भन्ने हेक्का सबैले राख्न जरुरी छ ।

सोमवार, साउन १३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...