दुइ वर्ष पछि नेपाल

38 Views

नेपालको विश्वकप क्रिकेटको ग्लोबल छनौटमा स्थान बनाउनका लागि कम्तिमा पनि शिर्षस्थानमा रहनै पर्ने लक्ष्यका साथ सिंगापुर पस्थाान गरेको थियो । तर नेपालले सिंगापुरमा गएर कतार सँग पराजित हुँदै खेलको शुरुआत गरेको थियो भने अन्तिम खेलमा सिंगापुर सँग पराजित हुदै तेश्रो स्थानमा आफूलाई राख्दै घर फर्केको छ । एकदिवसीय मान्यता प्राप्त देश नेपाललाई यस प्रतियाेिगताको विजेताको रुपमा हेरीएको थियो । तर परीणामले पहिलो दोश्रो पनि नभएर तेश्रो स्थानमा लगेर राखिदियो । जित्ने भन्दै सबैले आशा गरेको नेपाली टोलीले उपविजेता पनि बन्न नसकेर कतार भन्दा पनि तल तेश्रो स्थानमा जसरी पुग्यो यसले नेपाली खेलकुद र सम्भावना बोकेको भनिएको क्रिकेटको यथार्थ अवस्था पनि देखाएको छ । रेकर्ड र अरुले दिने सम्मानले मात्र केही पनि हुदैन । कुनै पनि स्थानमा अब्बल हुनका लागि अरुले दिएको सम्मानले मात्रै काम गर्दैन आफू पनि अब्बल हुनै पर्छ भन्ने एउटा गतिलो उदाहरण हो नेपाली क्रिकेटले आइतबार भोगेको नतिजा ।
पहिलो खेलमा कतार सँग पराजित भए पनि कुनै पनि हालतमा सबै खेल जित्नै पर्ने दवाव नेपालमाथि थियो । त्यही अनुरुप कुवेत र मलेसियालाई नेपालले पराजित गरेको पनि थियो । तर अन्तिम खेलमा नेपाल सिंगापुर सँग यति नराम्रो सँग पछारियो साहेद अब उठ्नै सक्दैन कि जस्तो गरेर । विश्वकप क्रिकेटको ग्लोबल छनौटमा पुग्ने लक्ष्य राख्ने नेपाल १९२ रनको लक्ष्य पच्छ्याउँदै गर्दा ८२ रनको विशाल अन्तरले पराजित हुन्छ भने अझै धेरै समय पर्खन पर्छ ग्लोबल छनौटका लागि । नेपाली स्पीनरहरु निकै उत्कृष्ट भनिदै गर्दा ७ ओभर बलिङ गर्दा ८८ रन खर्चिने बलरहरुलाई अब पनि कति समय सम्म टिममा राख्ने । अब नयाँ विकल्प र नयाँ खेलाडी खोज्ने वा अधिक मात्रामा एक्सपोजरको व्यवस्था गर्ने भन्ने वारेमा पनि सोच्न पर्ने भएको छ । १० वर्ष अगाडी कतार सँग खेल्ने टोलीकै ४ जना अहिले पनि कतार सँग खेले यसको मतलब नयाँ खेलाडी योग्य आउँदै आएनन भन्ने पनि पक्कै होइन होला । जे होस अहिले सिंगापुरमा भएको क्रिकेटले राष्ट्रिय खेलकुद परिषद्लाई गम्भिर भएर सोच्न पर्ने अवस्थामा पक्कै पनि पु¥याएको छ ।
पारस खड्काको कप्तानीमा नेपालले लिएको उचाइ उनकै कप्तानीमा आइतबारको नतिजा पनि आएको छ । कप्तानी पारी खेल्नु पर्ने पारस जसरी ढले तब ज्ञानेन्द्रले केही उकास्न खोजे पनि उनी आउट भएपनि नेपाली टोली तासको महल जस्तै भएको थियो । यसले अब गतिलो पाठ के सिकाएको छ भने नेपाली खेलकुदको संरचना जरै देखि फेर्न आवश्यक छ । कुनै बेलाका क्रिकेटरहरु कनिष्क चौगाइ हुन् वा पृथु बास्कोटा, राहुल विश्वकर्मा जस्ता खेलाडीहरु कसरी हराए उनीहरु जस्तै नेपाली क्रिकेट टोली नै कतै हराउने त होइन ? संकागर्ने ठाउँ छ तर पनि सुधार गर्न पनि त सकिन्छ । जे होस अहिले सिकेको पाठले विश्वकप सपनालाइ २ वर्ष पछि धकेलेको छ अब अर्को विश्वकप खेल्नका लागि तयार हुन आजै देखि नयाँ योजना र एजेण्डा बोकेर अगाडी बढ्नै पर्छ ।

सोमवार, साउन १३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...