को हुन् त योगेश भट्टराइ

44 Views

क. योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिनुभयो । मध्यमवर्गीय परिवार थियो । तीन दिदी, एक दाजुु र एक बहिनी । उहाँ दुुई वर्षको छँदा नै बुवा बित्नुुभयो ।
बुवा समाजसेवी हुनुहुन्थ्यो । शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने भावनाले नयाँ विद्यालयहरू स्थापना गर्न प्रेरित गर्नुहुन्थ्यो । स्थापना भएका विद्यालयको दिगोपनाका लागि सकेजति आर्थिक सहयोगसमेत गर्नुहुन्थ्यो । बालबालिकालाई स्कुल पठाउन प्रेरित गर्नुहुन्थ्यो ।
उहाँले २००८ सालमा २० हजार भारु चन्दा दिएको तेह्रथुम जिल्लाको संक्रान्तिस्थित त्रिमोहन स्कुल पूर्वकै प्रख्यात विद्यालयमा पर्छ । उहाँको आर्थिक सहयोगमा खुलेका स्कुलहरू अहिले उच्च माविका रूपमा सञ्चालन भइरहेका छन् । योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गर्नुभयो । उहाँले अथाह सम्भावना बोकेको ताप्लेजुङका ती सबै स्कुल तथा अस्पताललाई सुविधासम्पन्न र आधुनिकीकरण गर्ने योजना अघि सार्नुभएको छ ।

मादीको हडतालदेखि केन्द्रीय कारागारसम्म
साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि योगेश संखुवासभाको मादी माविमा भर्ना हुनुभयो, जहाँ पुग्न उहाँको गाउँबाट दुई दिनको पैदलयात्रा गर्नुपथ्र्यो । गाउँमा माध्यमिक विद्यालय नभएका कारण २०३७ सालमा उहाँ मादी पुग्नुभएको थियो ।
२०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडताल ग¥योे । नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उहाँ सक्रिय रूपमा सहभागी हुनुभयो । संगठित हिसाबले उहाँको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उहाँ सम्झनुहुन्छ, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल ग¥यौं ।’
स्वविवेकले आन्दोलनमा होमिनुभएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाउनुभयो ।
एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिनुभयो । सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन उहाँलाई धेरै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित हुनुभयो । २०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी हुनुभयो । देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उहाँको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरिसकेको थियो ।
पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातना भोग्नुप¥यो । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर पाउनुभयो, जसबाट राजनीतिक यात्रालाई अझ निखर बनाउन सहयोग पुुग्यो ।
यही क्रममा उहाँले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हाल्नुभयो । आन्दोलन र राजनीतिक जिम्मेवारीसँगसँगै उहाँले आफ्नो पढाइलाई पनि निरन्तरता दिइरहनुभएको थियो । त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तरसमेत गर्नुभयो ।
पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वय गर्ने सिलसिलामा २०४३ सालमा भएको निर्वाचनमा केही समय काठमाडौंमा र बाँकी समय ताप्लेजुङका सम्मानित व्यक्तित्व अम्बिका साँवाको चुनावी अभियानमा बिताउनुभयो । जनपक्षीय उम्मेदवार साँवाको चुनाव प्रचारका क्रममा रातिराति साथीभाइसँग संगठन गर्दै जनताको घरआँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना अहिले पनि उहाँसँग ताजै छ । साँघुमा चुनाव प्रचार गरिरहेको बेला २०४८ साल वैशाख १० गते सिनाममा एमालेका कार्यकर्ता क. इन्द्र थेबे र क. रुकमान थेबे हत्याको खबर सुन्नुप¥यो । हत्याको खबरले उहाँलाई दुखित त बनायो तर त्यसलाई अझ शक्तिका रूपमा ग्रहण गर्दै अघि बढ्नुको विकल्प थिएन । उहाँले त्यसै गर्नुभयो ।

ताप्लेजुङका असल अभिभावक
उतिखेर साँघुमा माध्यमिक र उच्च शिक्षा शिक्षा नभएक कारण योगश संखुवासभाको मादी हँुदै काठमाडौं आउनुभयो । तर, ताप्लेजुङसँगको सामीप्य र ताप्लेजुङका जनताको सम्बन्ध भने सधैं कसिलो रह्यो । देशको आशाको अनुहार त हुँदै हुनुहुन्छ, ताप्लेजुङ र ताप्लेजुङे जनताको असल अभिभावकको भूमिकासमेत उहाँले निरन्तर निर्वाह गरिरहनुभएको छ । ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन, सकेसम्म जिल्लामा भएका अभियानमा समेत उहाँ सधैं सक्रिय सहभागी हुनुभयो । ताप्लेजुङको समग्र विकासका निम्ति उहाँहरूकै सक्रियता र अगुवाइमा २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भयो । उहाँ त्यसका संस्थापक महासचिव हुनुहुन्थ्यो, जसले ताप्लेजुङको विकासका लागि केन्द्रीय तहमा उहाँकै नेतृत्वमा बहसहरू सुरु ग¥यो ।
ताप्लेजुङमा आगलागी हँुदा होस् वा पहिरो जाँदा अथवा कुनै प्राकृतिक विपत्ति आइलाग्दा होस्, उहाँ सधैं ताप्लेजुङे जनताको संकटको साथी बन्नुभयो । विपत्तिमा परेका ताप्लेजुङका जनताको राहत र उद्धारको अगुवाइ उहाँले नै गर्दै आउनुभएको छ । ताप्लेजुङको विकासनिर्माणका लागि राज्यको निर्णायक तह र निकायमा दबाब दिने तथा विभिन्न विकास निर्माणका परियोजनाको अगुवाइ गर्ने काममा उहाँको भूमिका र नेतृत्व सधैं अग्रणी छ ।
त्यति मात्रै होइन, उहाँले संकटमा परेका ताप्लेजुङका जनतालाई विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको छ । पढ्न नपाएका गरिबका छोराछोरीलाई स्कुल खोजिदिनेदेखि उपचार नपाएकाहरूलाई अस्पताल पु¥याउनेसम्मको सामाजिक कामलाई समेत उहाँले प्राथमिकतामा राख्नुभएको छ । ताप्लेजुङदेखि काठमाडौंसम्मका ताप्लेजुङवासीले अप्ठ्यारो र समस्या पर्नेबित्तिकै योगेशलाई सम्झने गर्दछन् ।

जनआन्दोलनका जुझारु नेता
योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी हुनुभयो । बसाइ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो । त्यसबेला उहाँको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । त्यो महत्वपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेशलाई दिइएको थियो ।
सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । उहाँहरूकै पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुुरुवात गरे । नारा तय भयो– आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ती पञ्चायतको अन्त्य । २०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रर्दशन गर्ने कार्यक्रम थियो । उपत्यकाको कमान्डरका हिसाबले त्यसको व्यापक तयारीमा हुनुहुन्थ्यो योगेश । तर, ६ गते राति २ बजे उहाँलाई पक्राउ गरियो ।
केही दिनपछि सिन्धुुपाल्चोकको चौतारामा लगेर राखियो । प्रजातन्त्र आएपछि मात्रै उहाँलाई छाडियो । पञ्चायतले चुनौतीका रूपमा राखेको विद्यार्थी नेता भएकै कारण आन्दोलनको सुरुमै पक्राउ गरिएको थियो । उहाँ सम्झनुहुन्छ, ‘२६ गते राति हामीलाई पनि जेलबाट छोडियो । भोलिपल्ट हामीलाई बिहानै गाडीबाट काठमाडौं ल्याइयो । चौताराबाट आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छेहरू रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युुनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सिधै खुलामञ्च गयौं । खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतले बोल्नुुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’

सडकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म
२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गर्नुभएका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष रहनुभयो । बहुदलीय व्यवस्था आइसकेपछि पनि गरिएका जनघाती तथा राष्ट्रघाती कदमका विरुद्ध काठमाडौं उपत्यकामा भएका सडक संघर्षहरूको नेतृत्व उहाँले गर्नुभयो ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ उहाँले नै गर्नुभयो । यस्तै, अनेक आन्दोलनबाट खाँरिदै, माझिँदै युवा जोस र उत्साहका साथ अघि बढिरहनुभएका योगेशले खासगरी २०५०÷५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनःस्थापित गराउनुभयो ।
नेपाली विद्यार्थी आन्दोलनको प्यारो संगठन अखिल (अनेरास्ववियु) लाई नेपाली कम्युनिस्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । मुलुकमा राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा विद्यार्थी संगठनलाई स्थापित गर्नुभयो । यी र यस्ता धेरै योगदान र सक्रियताले योगेश नेपाली विद्यार्थी आन्दोलनको पर्याय नै हुनुभयो ।
आज पनि युवाहरू अखिल भन्नेबित्तिकै योगेश भट्टराईलाई सम्झन्छन् । उहाँ अनेरास्ववियुको अध्यक्ष हुनुभएका बेला सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियुमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो । उहाँ भन्नुहुन्छ, ‘हाम्रो पालामा पहिलोपटक ७३ प्रतिशत कलेजमा स्वावियुु चुनाव जित्यौं । विद्यार्थी आन्दोलनलाई शैक्षिक ऐजेन्डातिर केन्द्रित ग¥यौं ।’ विद्यार्थीलाई विभिन्न सार्वजनिक स्थल तथा सार्वजनिक सवारीसाधनमा छुट गराउने आन्दोलनको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो, जुन सुविधा अहिले पनि विद्यार्थीहरूले उपभोग गरिरहेका छन् ।

राष्ट्रियताको आन्दोलनका अगुवा
योगेशको आमव्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ । यसर्थ, उहाँ नेपाली राष्ट्रियताका सच्चा पहरेदार हुनुहुन्छ । राष्ट्रवादी आन्दोलनका अनेक महत्वाकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उहाँले यो यथार्थलाई पुष्टि गर्नुभएको छ । उहाँकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान सम्पन्न भयो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो पार्नुभयो । त्यहीदेखि कालापानी मुद्दा राष्ट्रिय बहसको साझा विषय बनेको थियो ।
कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हँुदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो । यसरी उहाँ वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलनमा आफूलाई अग्रभागमा उभ्याउन सफल हुनुभएको छ ।
त्यस्तै, उहाँले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गर्नुभयो । २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गर्नुभयो । नेपालको सार्वभौम, स्वतन्त्र, नेपाली नेपालीबीचको एकताको पक्षमा उहाँले सम्झौताहीन संघर्ष गदै आउनुभएको छ ।

अप्रिल क्रान्तिका कमाण्डर
योगेशले २०६२÷६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गर्नुभयो । उपत्यकामा आन्दोलनको उभार ल्याउनमा उहाँको नेतृत्वदायी भूमिका थियो । आन्दोलनमा उपत्यकाभित्र अन्य राजनीतिक दल, नागरिक समाज तथा १२ बुँदे सहमतिपश्चात् तत्कालीन माओवादीलाई समेत समन्वय गर्न अग्रणी भूमिका खेल्नुभयो । जनक्रान्तिका बेला उहाँका योगदानको प्रशंसा र सम्झनामा लेखिएका हजारौं लेख, रचनाले उहाँको छवि राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत परिचित गरायो ।

देशविदेशको यात्रा
राजनीति गर्ने मानिसले आफ्नो देशको भूगोल, इतिहास र संस्कृतिको न्यूनतम ज्ञान राख्नुपर्दछ भन्ने मान्यता बोक्ने योगेशले नेपालका ७२ जिल्लाको भ्रमण गरिसक्नुभएको छ । अन्तराष्ट्रिय सम्बन्ध र ज्ञान पनि उत्तिकै छ । देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्धको पनि विशाल सञ्जाल तयार पारिसक्नुभएको छ । भारत, चीन, अमेरिका क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देशको भ्रमण गरिसक्नुभएको छ । उहाँले ती देशको भ्रमणबाट त्यहाँको राजनीतिक, सामाजिक तथा अन्य विभिन्न पक्षको अध्ययन गरी सकारात्मक पक्षलाई आफ्नो देशको विकास नीतिमा समाहित गराउन पहल गरिरहनुभएको छ । विभिन्न देशका राजनीतिक दल, सरकार तथा अन्य विभिन्न संघसंस्थाले उहाँलाई अतिथिका रूपमा आफ्ना विचार राख्न निरन्तर आमन्त्रण गरिरहन्छन् । उहाँको यो अन्तर्राष्ट्रिय भ्रमणले नेपाल र नेपालीलाई विश्वभर चिनाउन तथा नेपाली राजनीतिलाई अन्तर्राष्ट्रिय समुदायको मनमा राख्न उल्लेख्य सहयोग गरेको छ ।

पार्टी जीवन
२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहनुभएका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गर्नुभएको छ । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । उहाँ पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित हुनुभयो । हाल उहाँ पार्टीको प्रचार विभाग प्रमुखको हैसियतले पार्टीको प्रचारको कामलाई अत्यन्तै कुशलका साथ निर्वाह गरिरहनुभएको छ । उहाँ मदन भण्डारी, नेल्सन मन्डेला र मार्टिन लुथर किङलाई आफ्नो आदर्श मान्नुहुन्छ ।

अब आर्थिक क्रान्ति
नेकपा (एमाले) पार्टीमा स्पष्ट विचार र दृष्टिकोण भएका नेताका रूपमा परिचित हुनुहुन्छ योगेश । पार्टीको पाचौं महाधिवेशनमा जननेता मदन भण्डारीले अघि सार्नुभएको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको विचारलाई स्थापित गर्न उहाँले अनेरास्ववियुको तत्कालीन नेतृत्वका हिसाबले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । राजनीतिक दलहरूको लोकतान्त्रिक रूपान्तरणका लागि दबाबमूलक काम गर्दै उहाँ पार्टी र समाजमा युवापुस्ताको निर्णायक उपस्थिति हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । त्यसलाई स्थापित गर्न उहाँ विभिन्न पार्टीका युवाहरूबीच अन्तरपार्टी सञ्जाल बनाएर विभिन्न क्रियाकलापमा सक्रिय हुनुहुन्छ । उहाँ पार्टीमा प्रौढहरूलाई सम्मान तथा युवाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहनुहुन्छ ।
शान्तिपूर्ण अप्रिल क्रान्तिले लोकतान्त्रिक राजनीतिक क्रान्तिका मुख्य कार्यभार पूरा भएकाले अब आर्थिक क्रान्तिलाई मूल मन्त्र बनाएर राष्ट्रको आर्थिक÷सामाजिक समृद्धिका लागि सिंगो राष्ट्र एकताबद्ध भएर लाग्नुपर्दछ भन्ने उहाँको दृष्टिकोण रहेको छ । देशबाहिर पोखिएको नेपाली युवाहरूको रगत र पसिनालाई नेपाली माटोमा नै एकाकार गराउनुपर्ने कुरामा उहाँको जोड छ । ‘सम्पूर्ण नेपाली नागरिकले श्रम गर्दै उत्पादनका काममा लाग्नुपर्छ । राष्ट्रिय पुँजी र उद्योगको विकासमा प्राथमिकता दिनुपर्छ । सबैले अनिवार्य कर तिर्नुपर्छ । अनि मात्र देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छ । युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ,’ उहाँको मूलमन्त्र छ ।

बुधबार, साउन १५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...