उत्कृष्ट नव प्रतिभा अवार्ड जिसीलाई

सुन्दरादेवी सन्देश साप्ताहिकले प्रत्येक वर्ष आयोजना गर्न सुन्दरादेवशी सन्देश म्युजिक अर्डाको पाँचौं संस्करणमा ध्रुव जिसीले उत्कृष्ट नवप्रतिभाको अवार्ड हात पारेका छन् ।
नुवाकोटबाट प्रकाशन हुने सुन्दरादेवी सन्देश पत्रिकाले प्रत्येक वर्ष विभिन्न ४० विधामा गित संगितको क्षेत्रमा उत्कृष्ठलाई पुरस्कृत गर्दै आएको छ। उक्त अवार्डमा नवप्रतिभा तर्फ म्याग्दीका गायक ध्रुव जि.सी.ले उत्कृष्ट अवार्ड हात पारेका हुन् । थाइल्याण्डमा आयोजना गरिएको अवार्ड समारोहमा जिसीले आफ्नो गित भेट हुँदा जहिले नि ठिक्क बोलको गितबाट उत्कृष्ट नवप्रतिभाको अवार्ड हात पारेका हुन् । जिसी भारतीय सेनाबाट सेवा निवृत्त भएपछि गित संगितको क्षेत्रमा लागेका छन् । उनले दुई दर्जन भन्दा बढि गितमा स्वर दिएका कलाकार जि.सी.ले पछिल्लो समय म्युजिक भिडियोमा अभिनय र निर्देशनको क्षेत्रमा पनि उनले हात हालेका छन ।

बिहिबार, साउन २३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...