स्थानीयताको उपयोग गरेर विश्वव्यापी बनाउनुपर्छ : केसी

83 Views

एक महिना अगाडि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशन भएपश्चात् कक्षा ११ को भर्ना पनि सुरु भैसकेको छ । यसै सन्दर्भमा कक्षा ११/१२ को अध्ययन, विगतमा परीक्षाको उत्तीर्ण दर, वर्तमान शैक्षिक अवस्था, परिवर्तित सन्दर्भमा स्थानीय तहको भूमिकालगायत विषयहरुमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयका राजु के.सी.सँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

एसइईको नतिजालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
सर्वप्रथम हार्दिक धन्यवाद, म्याग्दीको पहिलो दैनिक र निरन्तर प्रकाशित खबर पत्रिका रुप्सेलाई । एसइई परीक्षाको नतिजा राष्ट्रिय चाड÷उत्सव जस्तो हुन अभैm छाडेको छैन । एसइई परीक्षा–२०७५ राष्ट्रिय÷स्थानीय दुवै तहमा अघिल्लो वर्षभन्दा बढेको ग्रेड प्रतिशत सङ्ख्या र यो वर्ष प्रदेशबाट छुट्टाछुट्टै परीक्षा गराउँदाका केही कठिनाइका बाबजुद केही ढिलो गरी नतिजा प्रकाशन भयो र त्रुटि पनि अघिल्लो वर्षभन्दा कम्ती भएको व्याख्या भएको छ । जहाँसम्म विद्यालयको नतिजाका सवालमा यसवर्ष माउण्ट एभरेष्टबाट ७१ जना सहभागीमध्ये A+, A, B+, B, C+, Cजिपिए हासिल गरे आशातीत नभए पनि जिल्लामा सबैभन्दा बढी जिपिए हासिल गर्ने विद्यार्थी हाम्रो विद्यालय कि भइन् । एसइई परीक्षाको वातावरण परीक्षापछि कपि परीक्षण क्षेत्र, माहोल यी सबैले परिणामलाई थोरै धेरै असर गरेको हुन्छ सम्पूर्ण शैक्षिक प्रक्रियालाई छोडेर नतिजा विश्लेषण गर्नु त्यति राम्रो पनि होइन होला । म्याग्दीमा अध्ययन गर्ने स्वभाव र विद्यालयमा अध्यापन गराउने परिपाटीका विषयमा बृहत छलफल र प्रयोजनपछि मात्रै नतिजाको सही व्याख्या र उच्च अङ्क प्राप्त गर्न सम्भव छ ।
अबको शैक्षिक जनशक्ति कस्तो हुनुपर्दछ ?
शैक्षिक जनशक्ति विहंगम शब्द हो । यो शैक्षिक प्रणाली अन्तर्गत उत्पादनसँग सम्बन्धित हुन्छ । एकजना कोरा बालकलाई शिक्षाको ठूलो यन्त्रमा प्रवेश गराएर लामो समयको प्रक्रियापछि देखिने नतिजा भएकोले शैक्षिक जनशक्ति साधारण तथा व्यवहारिक, समाज सुहाउँदो, विश्व प्रतियपछि भन्ने शब्दमा भन्दा पनि राज्यले राष्ट्रिय लक्ष्य र उद्देश्य, पाठयक्रमले परिकल्पना गरेको, नीतिगत स्पष्टताबाट निस्केको जस्तो हुनुपर्ने हो तर जुन देशमा शिक्षामा लगानी नै कम छ, राज्यको पछिल्लो श्रेणीको चिन्तन क्षेत्रमा पर्छ भने कस्तो परिकल्पना गर्ने ? जे होस परिवसेगाभी हुनुपर्छ भन्दा उपर्यूक्त होला ।


 शिक्षामा तपाईले सोचेको परिवर्तन के–के हुन् सक्छन् ?
हामी पुरानो राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ ले परिकल्पना गरेको शैक्षिक प्रक्रिया भन्दा यत्रो समयको अन्तरालमा पनि हामी धेरै परिस्कृत हुन सकेका छैनौं । देशले राजनैतिक रुपमा गरेको परिवर्तनलाई संस्थागत नगराउँदासम्म सोचे जस्तै परिवर्तन र सोचमा निखारता आउन सक्दैन श्रमको उपयुक्त मूल्याङ्कन र अधिकतम मान्यता दिने शिक्षा हामीले पूर्वाधारमा सुरुआत गर्नुपर्छ र विश्व, परिवर्तनको उच्चतम संघारमा पुगेको अवस्थामा स्थानीयताको उपयोग गरे विश्व्यापी बनाउने शिक्षा हुनुपर्दछ । अब सङ्घीयता, स्थानीय क्षेत्र अधिकारसम्पन्न बनाइरहँदा यसको सही उपयोगबाट मात्र यो सम्भव छ ।
राज्यले शिक्षा क्षेत्रमा कुन–कुन परिवर्तन गर्नु आवश्यक देखिन्छ ?
सर्वप्रथम त नीतिगत स्पष्टता नै हो । दोहोरो जस्तो देखिने शिक्षा प्रणालीलाई फ्युजन गराउन आवश्यक छ । झन् पछिल्लो समय त शिक्षाको रुटलेभलमा कसले योजना निर्माण गर्ने पूर्ण रुपमा अन्यौलता छ । न्युन बजेट, विदेशकेन्द्रित विद्यालय, कलेज र युनिभर्सिटिजको अभ्यास, नियन्त्रण निर्देशन नियमिकरणको विविधता यी सबै कुरामा स्पष्ट खाका ल्याउन आवश्यक देखिन्छ । “ढलि ढलि, उमेर ढल्के की त हो” । जस्तै टेको लगाएको अवस्थामा शिक्षा संयन्त्र छ, यसलाई दीगो विकासको अन्तर्राष्ट्रिय बुँदामा टेकेर पूर्ण परिवर्तन गर्नुपर्दछ ।
कक्षा १२ को नतिजालाई कसरी हेर्नुभएको छ ?
छोटकारीमा बोले, राष्ट्रिय परीक्षा बोर्डले अन्तर्राष्ट्रिय अभ्यासलाई लागू गर्दैगर्दा मूल्याङ्कनमा परिवर्तन, पछाडीको ढोकाबाट अभ्यास गरिरहेको छ । पहिले शिक्षक, विद्यार्थी, विद्यालय, पाठयक्रम, पाठयपुस्तक, कक्षाकोठा क्रियाकलापमा परिवर्तन आवश्यक थियो । ग्रेड कम हुनेको भारी धेरै भएको नतिजालाई के भन्ने ? माउण्ट एभरेष्टको हकमा ९२% विद्यार्थीले उच्चतम ग्रेड लिएका छन् । शिक्षातर्पm जिल्लाभरीमा उच्चतम जिपिए ल्याएको छ । यो ऐतिहासिक हो भन्नुपर्दछ । तर, वैदेशिक कामदार नबनेर स्वदेशी उत्पादन बनिदिए यसलाई अत्यन्त उपलब्धिमूलक मान्न हुन्थ्यो ।
अन्त्यमा केही भन्नु छ कि ?
माउण्ट एभरेष्ट जिल्लामा शैक्षिक क्रियाकलापका हिसाबले एसएलसी/एसइई ११/१२ कक्षाको नतिजाले पनि एक मेरुदण्ड विद्यालय हो । विद्यालय सिपमा आधारित क्रियाकलापहरुलाई कक्षा क्रियाकलापमा रुपान्तरण गर्ने अभियानमा छ । सबैबाट विद्यालयप्रति साथ, सहयोग, सुझाव, सल्लाह र निरन्तरताको अपेक्षा गरेका छौं । रुप्सेले यसरी शैक्षिक प्रश्नमा खोतल्ने मौका सबै सरोकारवाला र शिक्षाकर्मीलाई प्रदान गरोस् शैक्षिक बहसको केन्द्रबिन्दु निर्माण गरौं । यसैमा हामी सबैले प्राप्त गर्न सक्ने शैक्षिक गतिविधि र उपलब्धिहरु भेटिन्छन् । अन्त्यमा, आफ्नो विचारहरु पत्रिकामार्फत आम पाठकसामु राख्ने अवसर दिएकोमा पत्रिकालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

शुक्रबार, साउन २४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...