आफ्नो काम आफै गर्दै बालबालिका

127 Views

सामान्यतया सामुदायिक विद्यालयहरुलाई घरायसी काम र कुनै पनि कामको प्रयोगात्मक अभ्यास गर्न सक्ने बालबालिका उत्पादन हुने भन्ने गरिन्छ । तर सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले पनि आफ्ना बालबालिकाहरुलाई आफ्नो काम कसरी आफै गर्न सक्छन् भन्ने तर्फ लक्षित गर्दै नयाँ कार्यक्रमहरु अगाडी ल्याएको छ ।
पछिल्लो समय आउँदै गरेको रक्षा वन्धनलाई लक्षित गर्दै राखी तयार गर्न विद्यालयले बालबालिकालाई सिकाएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई शुक्रबार राखी कसरी तयार गरीन्छ भन्ने सिकाउनुका साथै प्रयोगात्मक कक्षा समेत सफलता पूर्वक सकेको छ । विद्यालयले दिएको जानकारी अनुसार कक्षा पाँच सम्म अध्ययनरत विद्यार्थीहरुलाई राखि बनाउन सिकाइएको हो।
त्यस्तै कक्षा ९ सम्मका विद्यार्थीहरुले शुक्रबार नै आइरन लगाउने अभ्यास गरेका छन् । उनीहरुले आफ्नो कपडा कसरी सफा र सहि बनाउन सकिन्छ भन्ने उद्देश्य सहित आइरन लगाउने तरिका सिकाउनुका साथै प्रयोगात्मक रुपमै लगाइएको विद्यालयका शैक्षिक निर्देशक राजु के.सीले बताए । विद्यार्थीहरुमा आफ्नो कपडा मिलाउने तथा टाइ बनाउन समेत अभिभावकहरुले नै गर्नु पर्ने समस्यालाई हल गर्नका लागि टाइ बनाउने तथा आफूलाई आवश्यक पर्ने सवै काम आफै गर्न सक्नने बनाउनका लागि विद्यालयले पहल गरीरहेको विद्यालयले जनाएको छ।
विद्यालयले सामाजिक तथा साँस्कृतिक सम्पदाहरुको अवलोकन तथा संरक्षण गर्नका लागि समेत बालबालिकालाई प्रोत्साहन गर्दै आएको छ । हालै विद्यालयले बेनी नगरपालिका–७ अग्नीखेतमा धान रोपेका थियो । त्यस्तै विद्यालयले आफ्नो कपडा आफै धुने, सिलाउने, टाँक लगाउने, तरकारी तथा अन्न बालि रोप्ने तथा गोडमेलको समेत अभ्यास गराउने गरेको जनाएको छ । तरकारी गोडमेल एवम् चित्रकला तथा भाषण कलामा पनि विशेष महत्वका साथ कार्यक्रमहरु गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै गलेश्वरमा रहेको बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुको नङ काटिदिनुका साथै सरसफाइ समेत गराइदिएका थिए ।
विद्यालयका शिक्षक रामप्रसाद सुवेदीको नेतृत्वमा कक्षा ९ र १० का विद्यार्थीहरुले बेनीको महारानी थान क्षेत्रमा ५२ प्रकारका जडीबुटी जन्य विरुवाहरु संकलन गरेको निर्देशक के.सी.ले बताए ।

शनिबार, साउन २५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...