आज युवाको दिन

59 Views

हामीले विभिन्न दिनहरु विशेष दिनका रुपमा मनाउँदै आएका छौं । यसै शिलशिलामा आजको दिन पनि विशेष दिन हो र त्यो हो युवाको दिन । अर्थात आज युवा दिसव । विश्वका कुनै पनि मुलुकको विकास युवा शक्तिको प्रयोगले मात्र सम्भव भएको छ । युवाहरुका लागि कसैले केही गर्न पर्छ भन्दा पनि युवाहरुले नै आफू र आफ्नो पनलाई व्यवस्थीत गर्दै लैजाने शक्ति बोकेको हुन्छ । देश विकास होस या कुनै पनि आन्दोलन वा सकारात्मक पविर्तनको जिम्मा युवाकै काँधमा हुन्छ । किन यस्तो हो त भन्ने प्रश्न पनि नआउला भन्न सकिदैन तर यस्तो अवस्थामा युवाहरुले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा नै सब ठिक हुने त हुन् । जनसंख्याको हिसाबल हेर्ने हो भने विश्वमा सबै भन्दा धेरै जनसंख्या युवाहरुकै छ ।
आज अगष्ट १२ तारिख अर्थात अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइदै छ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ । युवाहरुलाई सँधै आन्दोलनका लागि मात्र प्रयोग गर्ने भन्दा पनि सकारात्मक परिवर्तन अनि देश विकासका लागि पनि युवाहरुलाई प्रयोग गर्न चुकेका विश्वका धेरै मुलुकहरु अहिले पनि विकासको गतिमा निकै पछाडी रहेको छ । यसले के देखाउँछ भने यदी युवाको विकास गर्ने हो भने हामी पहिला युवालाई सकारात्मक परिवर्तनको लागि अवसर दिनै पर्छ ।
आज हामीले अन्तर्राष्ट्रिय युवा दिवस मनाइ रहँदा हामी सबै भएर किन यो प्रण नगर्ने कि हाम्रो गाउँ र समाजमा आगामी दिनमा धेरै भन्दा धेरै युवालाई देख्न पाउँ । युवाहरुलाई गाउँघरमा देख्नका लागि सोचेर र कामना गरेर मात्र कहाँ हुन्छ र ? विदेशी भूमिमा रगत पशिना बगाउने ति युवाहरुलाई कहिले कुन दिन देखि यही भूमिमा पशिना बगाउनका लागि प्रेरित गर्ने तर त्यसका लागि युवाहरुको लागि अवसर सृजना त गर्न पर्छ नि होइन र । तर त्यस पछि मात्र हामीले चाहेको विकास र युवाहरुलाई यही स्थानमा रोक्न सक्नु पर्ने छ । नेपाल मात्र होइन विश्वका जुन सुकै मुलुकले पनि आफ्नो देशका युवाहरुलाई देशमै रोक्ने र देश विकासका लागि प्रयोग गर्नका लागि युवाहरुका लागि अवसरको सृजना गर्ने र युवामात्र नभै काम गर्न र मेहनत गर्न सक्नेहरुका लागि अवसरको सृजना गर्नु पर्छ । अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ।

सोमवार, साउन २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...