पहाडी जिल्लामा डेंगुको संक्रमण बढ्दो

57 Views

तराईसहित विभिन्न जिल्लामा फैलिएको डेंगुबाट अहिलेसम्म झण्डै ३ हजार ५ सय बिरामी भएका छन् । गएको वैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बितेका ४ महिनामा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुका बिरामी भेटिएका छन् । मोरङमा ८१, झापामा २९ सहित प्रदेश एकमा ३ हजार १ सय ५२ जना बिरामी भएका हुन् । गएको वैशााख अन्तिम हप्ता धरानमा देखिएको डेंगुले महामारीको रुप लिएको छ । प्रदेश २ का पर्सा, सप्तरी, महोत्तरी र सिराहामा गरी १२ जना भेटिएका छन् । सामान्यतया तराईमा देखिने डेंगुको संक्रमण काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा पनि देखिन थालेको छ । काठमाण्डौ उपत्यकाभित्र ९ जना बिरामी भएको पाइएको छ ।
काठमाण्डौमा ६ र ललितपुरमा तीन जनामा डेंगु भेटिएको हो । प्रदेश तीनको मकवानपुरमा सबैभन्दा धेरै ८३ जना डेंगुबाट प्रभावित भएका छन् । बितेका ४ महिनामा प्रदेश तीनमा १ सय २६ जना बिरामी भेटिएका महाशाखाले जनाएको छ । त्यस्तै गण्डकीमा २६, प्रदेश ५ मा ९६, कर्णालीमा एक र सुदूरपश्चिममा १२ जना बिरामी भएका छन् । लामखुट्टेले टोक्दा डेंगु हुने गर्छ । पानी जम्ने ठाउँमा एडिज लामखुट्टे बढी सक्रिय हुने गर्दछ ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार डेंगुका कारण बढी ज्वरो आउँछ । टाउको, पेट र जिउ दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता डेंगुका साधारण लक्षण हुन् । डेंगुबाट बच्न घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने, झ्याल ढोकामा जाली राख्ने र लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने डाक्टरको सल्लाह छ ।

सोमवार, साउन २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...