श्रेष्ठलाई जर्ज जोन शिक्षा प्रतिष्ठानको सम्मान

85 Views

जर्ज जोन शिक्षा प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार पोखरामा आयोजित २३औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशमै सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सफल भएको भन्दै म्याग्दीको बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले सम्मानपत्र र दोसल्लाले उनलाई सम्मान गरेका थिए । बेनी सामुदायिकले नेपालमै सर्वोत्कृष्ट सामुदायिक विद्यालयको सम्मान समेत प्राप्त गरिसकेको छ । गण्डकी प्रदेशमै सामुदायिक विद्यालयलाई नमुना बनाउन श्रेष्ठले खेलेको भूमिकाको समेत प्रशंसा गरिएको थियो ।
सम्मानित हुनेमा श्रेष्ठसहित दुईजना शिक्षातर्फ र अन्य सामाजिक संघसंस्थातर्फ रहेका छन् । सोही अवसरमा विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गरिएको छ । जोर्ज जोनले सुरु गरेको शैक्षिक आन्दोलनले राष्ट्रिय शिक्षा क्षेत्रमा ठूलो योग्दान दिएको मुख्यमन्त्री गुरुङले बताए । पृथ्वीनारायण बहुमुखी क्यापसका संस्थापक जोर्ज जोनको नाममा वि.सं. २०५२ सालमा प्रतिष्ठान स्थापना गरिएको थियो ।

सोमवार, साउन २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...