एटमको सन्त्रास

अहिलेको विश्वले के देखेको छ र कसरी विश्व अगाडी बढेको छ भन्ने तर्फ कसैले सोचे या सोचेनन् । तर पनि अहिलेको अवस्था हेर्ने हो भने विश्वमा विभिन्न युद्धहरुको चर्चा अनि विगतको जस्तो थियो कि अहिले फरक छ भन्ने भन्दा पनि अहिलेको अवस्थामा हामीले हेर्ने हो भने आर्थिक युद्ध, हतियारको युद्ध अनि बायोमेटीक युद्ध र अनलाइन युद्ध । यस्ता धेरै युद्धहरु मध्ये परमाणुको युद्धले विश्वलाई निके त्रसीत बनाउने गरेको छ । अहिले उत्तर कोरियाले आणवीक तथा अनलाइन युद्धबाट पनि सबैलाई सताएको छ । केही समय पहिला मात्रै एउटा प्रतिवेदनले पनि उत्तर कोरियाले विश्वभरबाट ह्याक गरेर अर्बौं डलर चोरेको भन्ने आरोप लगाइयो त्यसमा कति सत्यता छ भन्ने कुरा इतिहासले देखाएकै छ । विश्व महाशक्ति अमेरिकालाई जुलियन असान्जले सताएको पनि हामीले नसुनेका होइनौं ।
अमेरिकाको विभिन्न इमेल ह्याक गरेर अमेरिकालाई विश्व समूदायबाट नाङ्गो बनाएर निकै सताएका जुलियन असान्जलाई विश्वका धेरै देशले तारो बनाए पनि उनले आफ्नो वेवसाइट विकिलिक्सबाट सार्वजनिक गरेर विश्वभर अमेरिकाले गरेको कर्तुतहरुसार्वजनिक गरेर सहज बनाएको थियो । अमेरिकाको विगतको दादागिरी अनि अहिलेको पनि अवस्था हेर्दा अमेरिका कहिल्यै सुध्रने छैन भन्ने देखाउँछ । २ अगस्ट सन् १९३९, तथा ६ अगस्ट सन् १९४५ र अगस्ट सन् १९४५ । ६ अगस्ट १९४५ को दिन मानवताको इतिहासको त्यो कंलकित दिन हो । ७४ वर्ष अघि ६ अगस्टका दिन जापानको हिरोशिमा शहरमाथि अमेरिकी बमवर्षक विमानले परमाणु बम खसालेको थियो । मानव विकास अनि अन्य विकास र खोजको कारणले बनेका चिजहरुले गर्दा मानव अस्तित्व नै सकिने हो कि भन्ने अवस्था पनि आएको छ । वायोवार, अनलाइन तथा ह्याक, आणविक जस्ता खोज र तिनैको प्रयोगले भएको नरसंहारले गर्दा विश्वलाई कता पु¥याउने हो भन्ने अवस्था आउन थालेको छ ।
अमेरिकाले अगष्ट ६ र ९ मा जापानको हिरोसिमा तथा नागासाकीमा बम खसालेर मानव सभ्यताकै निकै निन्दनिय काम गरेर लाखौं मानिसको हत्या गर्ने जुन काम गरेको थियो । त्यसको आविष्कारक थिए अल्वर्ड अइन्सटाइन । जब नागासाकीमा बम खसालीयो तब उनले निकै ग्लानी महशुष गरेका थिए । तर अहिले विश्वले सोच्न पर्ने के हो भने कुनैपनि समयमा जे सुकै पनि खतरा हुन सक्छ । सहजताका लागि अपनाइएको अनलाइन पद्धतिले सबैलाई नाङ्गेझार पार्न सक्ने सम्मको अवस्था सृजना भएका छन् । कुनै पनि आविश्कारको सकारात्मक नकारात्मक पाटो हुने भएकाले सकारात्मक पाटोलाई नै अगाडी लैजानका लागि सबैले प्रयास गर्नै पर्छ ।

आइतवार, भदौ १, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...