क्षत्री महिला समाज म्याग्दीमा: जिसी

51 Views

क्षत्री महिला समाज म्याग्दीको शनिबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले कमला खत्री जिसीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा सन्जु बरुवाल, द्वितीय उपाध्यक्षमा शर्मिला थापा, सचिवमा पुष्पा खड्का थापा, कोषाध्यक्षमा कल्पना खत्री कार्की, सहसचिवमा रोजिना क्षत्री र सहकोषाध्यक्षमा शोभा खड्का चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा देवीकुमारी केसी, विना भण्डारी, पुष्पा बानियाँ बरुवाल, पशुपति बरुवाल, खुमकुमारी बरुवाल, लक्ष्मी बानियाँ भण्डारी, राधिका थापा कार्की, जुना भण्डारी, हरिकला सापकोटा, तेजकुमारी महत, स्यानीमाया कार्की, सीता थापा, भुजु घिमिरे, भीमकुमारी भण्डारी र देउकुमारी बानियाँ रहेका छन् । त्यस्तै अधिवेशनले बेनी नगरपालिकामा सीता कुँवरको अध्यक्षतामा १७ सदस्यीय क्षत्री महिला समाज नगर समिति पनि गठन गरेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले समाजमा जातीय सद्भाव कायम गर्दै आ–आफ्नो धर्म, संस्कृति र परम्परालाई जोगाउनुपर्ने बताए । उनले क्षत्री बन्धुहरुबीच अझै एकता र आत्मीयता बढाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै आफ्नो अधिकारको खोजी गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने बताएका थिए । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले व्यक्तिगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सोच्नुपर्ने र सोही अनुसार व्यवहार गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले क्षत्रीको उत्थान र विकासका लागि क्षत्री बन्धुहरुबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आवश्यक सहयोग गर्नु्पर्ने बताए । कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय सदस्य अमृतदेवी बानियाँ, हेमा खड्का, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्री, म्याग्दीका अध्यक्ष विरबहादुर थापा, महिला समाज बागलुङका अध्यक्ष शिवकला थापा, मंगला गाउँपालिका अध्यक्ष देवीकुमारी खत्री र अन्तरपार्टी महिला सञ्जाल म्याग्दी अध्यक्ष मुना बानियाँले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार प्रताप बानियाँ र क्षत्री समाजको कार्यक्रममा क्रियाशिल शोभा बानियाँलाई करुवा उपहार दिएर सम्मान गरिएको थियो । कार्यक्रममा समाजका अध्यक्ष भावना पौडेलले संस्थागत, सचिव सन्जु बरुवालले प्रगति र कोषाध्यक्ष शर्मिला थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष कमला जिसीको स्वागत र सचिव बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

आइतवार, भदौ १, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...