बसीरद्वारा साउदी अरबसँगबाट नौ करोड डलर लिएको स्वीकार

84 Views

केही महिना पहिले अपदस्थ गरिएका सुडानका पूर्व सैनिक शासक ओमार अल–बसीरले साउदी अरबका राजकुमारबाट नौँ करोड अमेरिकी डलर नगद लिएको अनुसन्धानका क्रममा स्वीकार गरेका बताइएको छ ।

खार्तुमको एक अदालतमा सुडानी अनुसन्धानकर्ताले सोमबार बसीरले लिएको उक्त रकमबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् ।

प्रहरी ब्रिगेडियर समेत रहेका अहमद अलीले भने, ‘पूर्व राष्ट्रपति बसिरले अनुसन्धानका क्रममा उक्त मोटो रकम लिएका स्वीकार्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

पूर्वराष्ट्रपतिले अनुसन्धानमा बताएअनुसार उक्त रकम ‘साउदी राजकुमार मोहम्मद विन सलमानका प्रतिनिधि’ मार्फत सुडानमा हस्तान्तरण भएको थियो । –एएफपी 

मङ्लबार, भदौ ३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...