शान्ति कोषद्वारा मृर्गौला पीडितलाई सहयोग

56 Views

रुप्से दैनिक
म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । शान्ति कोषले आइतबार जिल्लाको मालिका गाउँपालिका–३, इग्रेका मृगौला रोगी मानबहादुर पटेललाई औषधी उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितिमा मानबहादुर बचाउ अभियानका संयोजक एवं संस्थाका सदस्य डकबहादुर रोकाले मृगौलापीडित पटेलकी नन्द बहिनी जमुना विकलाई हस्तान्तरण गरेका हुन् ।
आमाको मृर्गौला दानबाट पटेलको मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरमा दुवै मृगौला प्रत्यारोपन गरिएको परिवारले जनाएको छ । कमजोर आर्थिक अवस्था भएका पटेललाई ओमकुमारी शान्ति कोष गरिब बिरामी उपचार अक्षयकोषको व्याजबाट आषैधी उपचार खर्चस्वरुप सो आर्थिक सहयोग गरको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।
यसैगरी संस्थाले बेनी नगरपालिका–५, पुलाचौरकी मृगौलापीडित निशा सुवेदीलाई २५ हजार सहयोग गर्ने संस्थाका कोषाध्यक्ष खम थापाले जानकारी दिए । उनका अनुसार कोषका अध्यक्ष शाक्यले पाँचहजार र संस्थाले २० हजार गरी २५ हजार रुपैयाँ सहयोग गर्नेछ ।

मङ्लबार, भदौ ३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...