साहित्यिक विषयमा अन्तक्रिया

47 Views

म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार साहित्यसम्बन्धी विषयमा अन्तत्र्रिmया र छलफल सम्पन्न भएको छ । रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी, म्याग्दीद्वारा सञ्चालित रुप्से दैनिकको संयोजनमा आयोजित साहित्यिक छलफल कार्यक्रममा साहित्यिक विषयमा अन्तत्र्रिmया गरिएको हो ।
हरेक महिनाको पहिलो शुक्रबारका दिन साहित्यिक विषयमा छलफल गर्ने उद्देश्य अनुरुप कार्यक्रमको संयोजन गरिएको आयोजकले जनाएको छ । साहित्यका अग्रज तथा अनुजहरुका बिचमा समन्वयकारी भूमिका तथा लेखनवृत्तिमा छलफल गरिएको थियो । साहित्यका अग्रज र यस क्षेत्रमा रुची राख्ने नयाँ पिँढीहरुका लागि साहित्यिक छलफल कार्यक्रम आवश्यक रहेको म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्माले बताए ।
साहित्यको विषयमा निरन्तर रुपमा अन्तत्र्रिmया कार्यक्रम गर्नुपर्ने बताइएको थियो । साहित्यिक छलफल कार्यक्रममा आउँदो शुक्रबार बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र जगन्नाथ मन्दिर र पर्यटकीयस्थल गुफाको डाँडा भ्रमणमा जाने कार्यक्रम बनाइएको छ ।

शनिबार, भदौ ७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...