‘महान खेलाडी’ सावित गर्नुपर्छः जिदान

40 Views

वेल्सका फवार्ड ग्यारेथ यो सिजन बेल रियल मडि्रडमा रहने भएका छन् तर, उनले आफूलाई ‘महान खेलाडी’ भएको प्रमाणित गर्नुपर्ने रियल मडि्रडका प्रशिक्षक जिनेदान जिदानले बताए ।

बेलले यो सिजन नै रियल छाड्न लागेका थिए । तर अन्तिम समयमा क्लबले चीन जान रोकेको छ ।

ला लिगाको पहिलो खेलमा रियलले सेल्टा भिगोसँग खेल्दा उनी अप्रत्यासित रुपमा प्लेइङ ११ मा परेका थिए । ‘उनी अब क्लबमा रहनेछन्’ प्रशिक्षक जिदानले भने ।

सेल्टा भिगोमाथि ३-१ को जित निकाल्दा बेलले गरेको प्रदर्शनबाट आफू प्रभावित भएको उनले बताए । ‘महत्वपूर्ण कुरा उनी बस्न चाहन्छन्,’ उनले भने, ‘यो सत्य हो कि उनको बारेमा धेरै भनियो, मैले पनि । तर अब उनी क्लबमा बस्छन् ।’

‘उनी महान खेलाडी हुन्, जुन यसअघि देखाइसकेका छन् र अब पनि उनले त्यो देखाउनुपर्छ ।’

बेल २०१३ मा त्यसबेलाकेा कीर्तिमान मूल्य ८५ मिलियन पाउण्डमा टोटनहृयामबाट रियल मडि्रड गएका थिए । क्लबसँग उनको सम्झौता तीन वर्ष बाँकी छ ।

आइतवार, भदौ ८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...