लाम्पार्डको नेतृत्वमा चेल्सीको पहिलो जित

31 Views

युवा स्ट्राइकर टमी अब्राहकले प्रशिक्षक फ्राङ्क लाम्पार्डको विश्वासलाई सही सावित गर्दै दुई गोल गरेका छन् र चेल्सीले प्रिमियर लिगमा सिजनको पहिलो जित हात पारेको छ ।

शनिबार भएको खेलमा चेल्सीले नर्भिचमाथि ३-२ गोल अन्तरको संघर्षपूर्ण जित हात पारेको हो । यसअघि पहिलो खेलमा म्यानचेष्टर युनाइटेडसँग ४-० ले हारेको चेल्सी दोस्रो खेलमा लिस्टरसँग १-१ को बराबरीमा रोकिएको थियो ।

नर्भिचको घरेलु मैदानमा भएको खेलमा चेल्सीले तेस्रो मिनेटमा नै टमी अब्राहमको गोलबाट अग्रता लिएको थियो । तर यो तीन मिनेट पनि टिक्न सकेन ।

घरेलु टोलीका कान्टवेलले बराबरी गोल फर्काए । खेलको १७ औ. मिनेटमा माउन्टले फेरि चेल्सीलाई अग्रता दिलाए । तर पनि जोगाउन सकेन । ३० औं मिनेटमा नर्भिचका पुक्कीले बराबरी गोल गरे ।

खेलको ६८ औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-२ को अग्रता दिलाए । दुबै टोलीबाट थप गोल हुन सकेन र चेल्सी विजयी भयो ।

आइतवार, भदौ ८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...