बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन

107 Views

म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटमा रहेको बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । विद्यार्थीहरुलाई खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन बेलुनभित्र तारामण्डल प्रर्दशन गरिएको हो । कक्षा १ देखि १० सम्मका विद्यार्थीले तारामण्डल अवलोकन गरेका थिए ।
विद्यालयको आयोजना तथा इस्पेश साईन्स एण्ड पलानटेरियमका राजेश नेपाली र मनिष केसीले खगोल शास्त्रको अम्यास, सुर्यग्रहण, ताराग्रह छुट्याउने, दिनरात कुनै समय लामो कुनै समय छोटो किन हुन्छ भन्ने बारमो विद्यार्थी र शिक्षकलाई तारामण्डल देखाएका थिए । पढेको कुरालाई प्रत्यक्ष देख्ने र सिकेको ज्ञानलाई विश्वासिलो दिलाउन तारामण्डल प्रर्दशन गरिएको विद्यालयका निमित्त प्रिन्सिपल धु्रबसागर शर्माले जानकारी दिए ।
३ सय ६० डिग्री डिजिटल तारामण्डलको अवलोकन प्रयोगात्मक टेलिस्कोप, टेलिस्कोप निर्माण कक्ष, रकेट विज्ञान, रात्री आकाश अवलोकन, सुर्य अवलोकन, अन्तरिक्ष विज्ञानसहितको मनोरञ्जन विद्यार्थीलाई देखाइएको थियो । तारामण्डलको अवलाकन गरिसकेपछि कक्षा १० का छात्रा भावना थापाले सौर्यमण्डल, आकासीय पिण्डका साथै सूर्य र अन्तरिक्षसम्बन्धी चक्रलाई बुझ्न सहज भएको प्रतिक्रिया दिएकी छिन् ।

मङ्लबार, भदौ १०, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...