हिलाम्मे सडकले जोखिमको यात्रा

43 Views

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक हिलाम्मे हुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । वर्षात्को समयमा परेको पानी, भिरालो जमिन, सडक छेउमा नाली निर्माण नहुनु, कमजोर भू–बनोट र सडकमा जमेको पानीको उचित व्यवस्थापन नहुँदा यात्रुलाई सास्ती भएको हो ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको र उत्तर दक्षिण जोड्ने छोटो दुरीको राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्ड ठाउँठाउँमा हिलाम्मे बनेको छ । सो सडकखण्ड अन्तर्गत उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, राखुपिप्लेस्थित घुमाउने तालदेखि नै सडक हिलाम्मे भएका कारणले गर्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको यात्रु तथा सर्वसाधारणले गुनासो गरेका छन् ।
हिलाम्मे सडकमा यातायातका सवारीसाधनहरु आवतजावत गर्न निकै समस्या हुँदै आएको छ । सामान्य वर्षाले पनि सडक हिलाम्मे हुँदा सर्वसाधारण यात्रुलाई समस्या हुने गरेको दानाका पर्यटन व्यवसायी ईन्द्रसिङ शेरचनले बताए ।

बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...