महिला संघको कार्यकता भेला तथा प्रशिक्षण

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३औं स्मृति दिवसको अवसरमा म्याग्दीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला संघ म्याग्दीद्वारा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक विभेद हटाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री कमला पन्तले घरमा नै महिला पुरुषमा विभेद हुने गरेको भन्दै पहिला आफ्नो घरको विभेद अत्य गरी समाजमा हुने महिलामाथिको दमन हटाउन सकिने बताइन् । उनले संविधानमा ३३ प्रतिशत महिला अधिकार भएता पनि त्यो पानामा मात्र सीमित भएको बताउँदै आफ्नो अधिकारका लागि लड्नुपर्ने अबस्था आउनु देशको बिडम्बना भएको बताएकी छिन् ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजाले अहिलेको सरकारले नै महिलामाथि अन्याय गरेको आरोप लगाउँदै निर्मला पन्तको हत्यारा समेत पत्ता लगाउन नसक्नु सरकारको कमजोरी भएकाले महिलाका अधिकारका लागि कांग्रेस सधैं लागिरहेको बताए । कांग्रेस म्याग्दीका निर्वतमान सभापति तथा पूर्व सांसद रेशमबहादुर बानियाँले अहिलको सरकारले अधिकार दिनेभन्दा पनि खोस्ने काम गरिरहेको आरोप लगाएका छन् ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व राष्ट्रिय उपाध्यक्ष रिता खान, महिला संघका पूर्व महासचिव शारदा पौडेल, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा र पर्वतका सचिव मन लामिछानेले महिला राट्रपति भएको देशमा नै महिला पछाडि परेको भन्दै अग्रसर भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बेनी नगरपालिका प्रमुख तथा पार्टी सचिव हरिकुमार श्रेष्ठ, उपभापति माधवप्रसाद रेग्मी लगायतले मतव्य राखेका थिए । कार्यक्रम महिला संघका जिल्ला अध्यक्ष बिमला गौचनको अध्यक्षता, उपाध्यक्ष निर्मला श्रेष्ठको स्वागत र सचिव सिर्जना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । महिला संघले कार्यक्रमको अवसरमा महिलाहरुलाई दर समेत खुवाएको थियो ।

बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...