राक्से आमा समूह पहिलो

125 Views

तीजको अवसरमा सिंगामा आयोजित तीजगीत प्रतियोगितामा राक्से आमा समूह पहिलो भएको छ । बेनी नगरपालिका–४, सिंगाको म्याग्दी एकेडेमीले आयोजना गरेको तीजगीत प्रतियोगितामा सहभागी ११ वटा आमा समूहले भाग लिएका थिए ।
प्रतियोगितामा जनजागृति आमा समूह सिंगा दोस्रो, शिवालय टोल समूह तल्लो सिंगा तेस्रो र तातोपानी आमा समूह राक्सेले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः पाँचहजार, तीनहजार एकहजार पाँचसय र पाँचसय नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालयले आयोजना गरेको नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा तीजगीत प्रतियोगिता एवं दरखाने कार्यक्रममा बेनी नगरपालिका–४ की वडा सचिव सकुन्तला अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार अमृत बास्कुने, म्याग्दी एकेडेमीका संस्थापक निर्देशक सन्दीप के.सी., विद्यालय व्यवस्थापन समितिका सदस्य लोकबहादुर गुरुङ, विद्यालयका प्रिन्सिपल जोन छिरिङ लोप्चा लगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा कलाकारहरु रबि कार्की तथा कुमारी पुनले अफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै जिल्ला उसु संघ म्याग्दीका उसु प्रशिक्षक विकल कँडेलले डेमो प्रस्तुत गरेका थिए ।

शनिबार, भदौ १४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...