मध्यम वर्षाको सम्भावना

आगामी तीनदिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बद्लीसँगै वर्षा भैरहेको मौसमविद् मीनकुमार आर्यालले बताए । मनसुनको समय भएकाले वर्षा निरन्तर नभएर केही समय घाम लाग्ने केही समय वर्षा हुने क्रम चलिरहनेछ ।
बिहीबार देशभर सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । यस्तै, आज र भोली पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...