नेपालद्वारा युएई १ सय ६० रनको विशाल अन्तरले पराजित

श्रीलंकामा जारी एसीसी अन्डर १९ एसिया कप क्रिकेटको तेस्रो खेलमा नेपालले युएईलाई १ सय १६० रनको विशाल अन्तरले पराजित गरेको छ ।

नेपालले जीतका लागि २ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेकोमा युएई मात्र ३४.४ ओभरमा १२५ रनमा अलआउट हुनपुग्यो ।

युएईलाई सस्तोमा समेट्ने क्रममा सागर ढकालले तीन तथा रसिद खान, सूर्य तमाङ र पवन शर्राफले २–२ विकेट लिए ।

युएईका लागि वृतिया अरविन्द रुद्रावेलले सर्वाधिक २८ रनको योगदान दिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । उनले यसक्रममा ८ चौका र १ छक्का हिर्काए । नेपालका दुवै ओपनर शुन्य रन बनाएर पभोलियन फर्केपछि उनले आशिफ शेखसँग ७१ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङलाई सम्हाले ।

शेखले ५४ बलमा आठ चौकाको मद्दतले ४५ रनको योगदान दिए ।

खेलको अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै कमलसिंह ऐरीले नेपाललाई विशाल स्कोरतर्फ डोर्याए । उनले मात्र २५ बलमा ४१ रन बनाउँदा ५ चौका र २ छक्का हिर्काए । उनले रसिद खानसँग ७० रनको योगदान गरे । खानले ४४ रन बनाए ।

त्यस्तै, सन्दीप जोराले ४८ रनको महत्त्वपूर्ण योगदान दिए । उनले कप्तान पौडेलसँग मध्यक्रममा ८५ रनको साझेदारी गरे ।

समूह बीमा रहेको यसअघि बंगलादेश र श्रीलंकासँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरीसकेको छ ।

मङ्लबार, भदौ २४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...