सेप्टेम्बर १३ : सबैभन्दा पहिले चन्द्रमामा मानवनिर्मित वस्तु पुगेको त्यो गौरवपूर्ण दिन

38 Views

चन्द्र खाकी/ज्ञानमित्र

आज, अंग्रेजी तारिख अनुसार सेप्टेम्बर १३ । अर्थात् अंग्रेजी क्यालेण्डरको नवौं महिनाको १३ औं दिन । तिथि, मिति र गतेका आधारमा हेर्ने हो भने अरु अरु दिनहरु जस्तै यो पनि एउटा सामान्य दिन नै हो । अझ भनौं, अंग्रेजी क्यालेण्डर नै प्रचलनमा आइसकेपछि आजसम्म २०१९ पटक यो सेप्टेम्बर १३ भन्ने दिनलाई मानव जातिले झेलिसके, भोगिसके । यस हिसाबले, सामान्यकृत ढंगले हेर्ने हो भने अरु अरु दिनहरु जस्तै यो पनि क्यालेण्डरको पानामा अंकीत हुने र हरेक वर्ष आउने जाने एउटा सामान्य दिन नै हो ।

तर त्यसो भनेर मात्रै पुग्दैन । आम रुपमा सोच्दा यो एउटा अति सामान्य, अरु अरु दिनहरु जस्तै क्यालेण्डरको पानामा अंकीत हुने एउटा दिनको नाम मात्रै हुन सक्छ, तर विज्ञानको आँखाले हेर्ने हो भने सेप्टेम्बर १३  एउटा सामान्य दिन पटक्कै होइन, यो त मानव जातिकै इतिहासमा त्यस्तो एउटा विशिष्ट दिन हो, जुन दिनमा मानव जातिले आफू बसोबास गरेको धरतीभन्दा परको अर्को खगोलीय पिण्डमा मानव निर्मित वस्तुलाई अवतरण गराउने ऐतिहासिक सफलता हासिल गरेको थियो । त्यसैले यो दिन खगोल विज्ञानको लागि अनि समग्र मानव जातिकै इतिहासमा एउटा गौरवपूर्ण दिन हो ।

हो, आजकै दिन, आजभन्दा ६० वर्ष पहिले अर्थात् १३ सेप्टेम्बर १९५९ का दिन, पृथ्वीको गगनको परिधिलाई नाघेर, पृथ्वीभन्दा औसत रुपमा ३ लाख ८४ हजार ४०० किलोमिटर किलोमिटर टाढा रहेको  तर पृथ्वीको सबैभन्दा नजिकको खगोलीय पिण्ड अर्थात् यसको उपग्रह चन्द्रमामा मानवनिर्मित वस्तु ओर्लेको थियो ।

शीतयुद्ध र विज्ञानको दौड

दोस्रो विश्वयुद्धको महासमरमा संसार जित्दै अघि बढेको नाजी जर्मनीका विरुद्ध कम्युनिष्ट रुस र पूँजीवादी अमेरिका, बेलायत एकै ठाउँमा उभिएका थिए । त्यही गठबन्धनले विश्वविजेता बन्ने दौडमा अग्रता हासिल गरिरहेका नाजी जर्मनी, फासीवादी इटाली र साम्राज्यवादी जापानलाई परास्त गरेर विश्वयुद्धको भयानक दावानललाई निभाएको थियो ।  तर विश्वयुद्धको समाप्तिपछि युद्धको विशिष्ट परिस्थितिमा समयको आवश्यकताले जन्माएको त्यो ‘वेमेल’ गठबन्धन लामो समयसम्म टिक्न सकेन, विश्व प्रष्टै रुपमा कम्युनिष्ट खेमा र पूँजीवादी खेमा गरी दुई भागमा विभाजित भए । कम्युनिष्ट खेमाको नेतृत्व तत्कालीन सोभियत संघले र पूँजीवादी खेमाको नेतृत्व अमेरिकाले गरेको थियो ।

विश्वमा आफ्नो प्रभुत्व र सर्वश्रेष्ठता स्थापित गर्न यी दुई खेमाबीच जीवन र जगतका हरेक क्षेत्रमा तीब्र प्रतिस्पर्धा चलेको थियो । स्वभाविक थियो, त्यो प्रतिस्पर्धाबाट विज्ञानको क्षेत्र पनि अछुतो रहन सकेको थिएन । सोही प्रतिस्पर्धाको नतिजा नै थियो, ६० को दशकमा अत्यन्तै तीब्रताको साथ चर्को प्रतिस्पर्धा र खगोल विज्ञानकै इतिहासमा चाहिँ अत्यन्तै उपलब्धिमूलक दशक बन्न पुगेको ।

हो, त्यसबेला एकअर्कामा आफूलाई सर्वश्रेष्ठ सिद्ध गर्न अमेरिका र तत्कालीन सोभियतसंघबीच पृथ्वीको सीमालाई नाघेर अन्तरिक्षमा जाने र आफूलाई अब्बल सिद्ध गर्ने प्रतिस्पर्धा चलेको थियो र दुवै देशहरुले युद्धस्तरमा त्यसका लागि आफूलाई होमेका थिए ।

बाजी मार्‍योसोभियतसंघले

सर्गेई कोरोलेभ http://www.russianspaceweb.com

अमेरिकीहरुलाई स्तब्ध र निराश पार्दै त्यो होडबाजीमा सोभियतसंघले अग्रता हासिल गर्‍यो । विलक्षण प्रतिभावान विमान इन्जिनियर तथा रकेट विशेषज्ञ सर्गेई कोरोलेभको नेतृत्वमा सन् १९५० को दशकमा सोभियत संघले R-7  नामाकारण गरिएको शक्तिशाली रकेट बनाउने सफलता हासिल गर्‍यो । त्यो रकेट सोभियत अन्तरिक्षयानलाई चन्द्रमासम्म लैजानसक्ने गरी शक्तिशाली थियो ।


अमेरिकीहरुलाई स्तब्ध र निराश पार्दै त्यो होडबाजीमा सोभियतसंघले अग्रता हासिल गर्‍यो । विलक्षण प्रतिभावान विमान इन्जिनियर तथा रकेट विशेषज्ञ सर्गेई कोरोलेभको नेतृत्वमा सन् १९५० को दशकमा सोभियत संघले R-7  नामाकारण गरिएको शक्तिशाली रकेट बनाउने सफलता हासिल गर्‍यो । त्यो रकेट सोभियत अन्तरिक्षयानलाई चन्द्रमासम्म लैजानसक्ने गरी शक्तिशाली थियो ।


सोही दशकमा अर्थात् सन् १९५७ मा सोभियतसंघले स्पुत्निक- १ नामाकरण गरेको कृत्रिम उपग्रहलाई सफलतापूर्वक प्रक्षेपण गरेर अन्तरिक्षमा पठायो । त्यस घटनाले समग्र विश्वमा ठूलो हलचल मच्चायो भने अन्तरिक्ष विज्ञानमा सोभियत सर्वश्रेष्ठतालाई स्थापित गरिदियो । अन्तरिक्षमा मानिसले पठाएको पहिलो बस्तु त्यही स्पुत्निक १ थियो, जसले पृथ्वीमा खस्नुभन्दा पहिले प्रत्येक ९६ मिनेटमा पृथ्वीको एक चक्कर लगाउने गर्थ्यो ।  लगत्तै ३ नोभेम्बर १९५७ मा सोभियतसंघले स्पुत्निक २ अन्तरिक्षमा पठायो, जसमा पहिलो पटक जीवित प्राणी अर्थात् लाइका नाम गरेको कुकुरलाई पनि पठाइएको थियो ।

https://spacetodaypt.files.wordpress.com

लुना-  १ यानलाई चन्द्रमाको धरातलमा ठोक्काउने अर्थात् फोर्स ल्याण्डिङ गराउने सोभियत संघको योजना थियो तर त्यो सफल हुन सकेन । रुसी भाषामा मेच्टा अर्थात् सपना उपमा दिइएको उक्त यान ३४ घण्टाको यात्रापश्चात चन्द्रमाबाट ३७२५ माइल अर्थात् ५९९५ किलोमिटर परबाट नै नियन्त्रण बाहिर गई बेपत्ता भएको थियो । कतिपयले चाहिँ उक्त यान सूर्य र मंगलग्रहको बीचमा पुगेर सूर्यलाई परिक्रमा गरिरहेको पनि विश्वास गर्छन् ।


एकपछि अर्को सफलताले हौसिएको सोभियतसंघले अर्को अत्यन्तै महात्वाकांक्षी अन्तरिक्ष योजना अगाडि सार्यो– लुना । रुसी भाषामा लुनाको अर्थ चन्द्रमा हुन्छ ।   चन्द्रमाको अन्वेषण र अध्ययन गर्ने उद्देश्यसहित थालिएको सो लुना अभियानअन्तर्गत  पहिलो पटक चन्द्रमालाई लक्षित गरेर सोभियतसंघले सन् १९५९ को जनवरी २ मा लुना- १ नाम दिइएको अन्तरिक्ष यान पठायो । उक्त यानलाई चन्द्रमाको धरातलमा ठोक्काउने अर्थात् फोर्स ल्याण्डिङ गराउने सोभियत संघको योजना थियो तर त्यो सफल हुन सकेन । रुसी भाषामा मेच्टा अर्थात् सपना उपमा दिइएको उक्त यान ३४ घण्टाको यात्रापश्चात चन्द्रमाबाट ३७२५ माइल अर्थात् ५९९५ किलोमिटर परबाट नै नियन्त्रण बाहिर गई बेपत्ता भएको थियो । कतिपयले चाहिँ उक्त यान सूर्य र मंगलग्रहको बीचमा पुगेर सूर्यलाई परिक्रमा गरिरहेको पनि विश्वास गर्छन् ।

आखिर चन्द्रमामा मानवनिर्मित वस्तु पुगेरै छाड्यो !

लुना १ को असफलताले चन्द्रमाको धरातलमा मानव निर्मित बस्तुलाई पुर्‍याएरै छाड्ने सोभियत महत्त्वाकांक्षी योजनालाई तुहाउन सकेन, बरु दोब्बर जोश र जाँगरका साथ सोभियतहरुले आफ्ना महत्त्वाकांक्षी लुना अन्तरिक्ष अभियानलाई अगाडि बढाउन कम्मर कसे ।  त्यसैको परिणाम थियो–सोही सालको सेप्टेम्बरमा लुना– २ अन्तरिक्ष यानलाई पुनः प्रक्षेपण गरियो, जुन सफल पनि भयो । १२ सेप्टेम्बर १९५९ का दिन बिहान ६ बजेर ३९ मिनट ४२ सेकेण्ड जादा पृथ्वीबाट चन्द्रयात्रा सुरु गरेको लुना–२ ले ३८ घन्टा, २२ मिनट, ४२ सेकेण्डको यात्रापछि १३ सेप्टेम्बरको रात्रि २१ बजेर, २ मिनेट, २४ सेकेण्डको समयमा चन्द्र धरातल स्पर्श गर्‍यो र मानव जातिकै इतिहासमा एउटा विशिष्ट कीर्तिमानी इतिहास रच्यो ।

लुना– २  http://i1.wp.com/www.patrickhubertdesign.com

२ सेप्टेम्बर १९५९ का दिन बिहान ६ बजेर ३९ मिनट ४२ सेकेण्ड जादा पृथ्वीबाट चन्द्रयात्रा सुरु गरेको लुना–२ ले ३८ घन्टा, २२ मिनट, ४२ सेकेण्डको यात्रापछि १३ सेप्टेम्बरको रात्रि २१ बजेर, २ मिनेट, २४ सेकेण्डको समयमा चन्द्र धरातल स्पर्श गर्‍यो र मानव जातिकै इतिहासमा एउटा विशिष्ट कीर्तिमानी इतिहास रच्यो ।


लुना– २  को प्रक्षेपणमा ३ दिन विलम्ब भएको थियो । योजना मुताबिक यसलाई ९ सेप्टेम्बरमा प्रक्षेपित गर्ने योजना गरिएको थियो तर यसको रकेट ‘लुना ८ के ७२’ को इन्जिनको हुत्याउने शक्ति (thrust) मा कमी देखिएपछि प्रक्षेपण कार्यक्रम रद्द गर्नु परेको थियो । यसपछि दोश्रो प्रयासमा १२ सेप्टेम्बरका दिन यसले ११.२ किमी प्रतिसेकेण्डको गतिले यात्रा सुरु गरेर झण्डै ३८ घन्टा, २२ मिनेटपछि ३.३ किमी प्रति सेकेण्डको गतिले चन्द्रमामा अवतरण गरेको थियो।

३९० किलोग्राम तौल भएको लुना गोलाकार किसिमको थियो । यसमा एन्टेना जडिएको थियो र त्यसले आफूसँग रेडिएसन (विकीरण), चुम्बकीय क्षेत्र र चन्द्र धरातलका ढुंगा खनिजहरु जाँच्ने यन्त्र पनि बोकेको थियो ।  तर अवतरणको क्रममा त्यसको गति बढी भएका कारण यसमा जडान    गरिएका यन्त्र बिग्रिएर यसले चन्द्रसतहको अध्ययन गर्न सकेन । तथापि, यसले के कुरा चाहिँ निश्चित गरिदियो भने चन्द्रमाको अत्यन्तै कमजोर चुम्बकीय क्षेत्र त छ तर यसको रेडिएसन बेल्ट चाहिँ छैन । त्यसो त यही किसिमको वैज्ञानिक नतिजा लुना १ ले पनि पठाएको थियो ।

चन्द्र धरातलमा ठोक्किनुपूर्व लुना– २ ले पृथ्वीस्थित सोभियत नियन्त्रण कक्षमा लगातार सन्देश पठाइरहेको थियो, जसलाई सोभियत वैज्ञानिक कोरोलेभ र उनका टीमका वैज्ञानिकहरुले निरन्तर अनुगमन गरिरहेका थिए । त्यसै दौरानमा अचानक लुना– २ बाट सन्देश आउन पूरै बन्द भयो । यसको एउटै अर्थ थियो, लुना– २ चन्द्र धरातलमा ठोक्कियो । त्यो एकीन हुनासाथ सोभियत नियन्त्रण कक्षमा हर्षोल्लास छायो ।

लुना– २ आफ्नै इन्जिन र इन्धनबाट नभई रकेटको माध्यमबाट पठाएको थियो । त्यो चन्द्र धरातलमा ठोकिकएको आधा घण्टापछि त्यसलाई चन्द्रमासम्म लैजाने त्यसको अन्तिम चरणको रकेट पनि चन्द्रमामा ठोक्किन पुगेको थियो ।

रूसले आफ्नो छैठौं प्रयासमा मात्रै चन्द्रमामा अवतरण गर्न सकेको थियो । जस्तो कि, माथि उल्लेख भइसकेको छ, लुना– २ भन्दा पहिला पनि लुना– १  लाई २ जनवरी १९५९ मा प्रक्षेपित गरिएको थियो  ।

लुना– १ र लुना– २ प्रक्षेपण गरिएको अवधिको बीचमा १८ जून १९५९ मा पनि रूसले नाम नखुलाइएको  एउटा यान चन्द्रयात्रामा पठाएको थियो, जुन असफलतामा नै टुंगिएको थियो । त्यसैगरी, १९५८ का ४ डिसेम्बर, १२ अक्टोबर र २३ सेप्टेम्बर मा पनि रूसले चन्द्रविजयका लागि असफल प्रयास गरेको थियो । रूसलाई पहिलो सफलता भने छैठौं  प्रयासमा लुना– २ मार्फत् १३ सेप्टेम्बर १९५९ मा आएर मात्रै प्राप्त भयो ।

रमाइलो संयोगको कुरा त के भने, सोभियतसंघले चन्द्रमामाथि यो विजय त्यो विशिष्ट समयमा हासिल गरेको थियो, जसको लगत्तै सोभियत प्रधानमन्त्री निकिता खु्रश्चेव अमेरिकी राष्ट्रपति आइजनहावरको निमन्त्रणामा पहिलो (र अन्तिम पनि) पटक अमेरिका जाँदै थिए । यो उनको लागि निक्कै गर्वको कुरा थियो । त्यस अवसरमा खु्रश्चेवले अमेरिकी राष्ट्रपति आइजनहावरलाई लुना– २ ले चन्द्रमामा लगेको सोभियत राष्ट्रिय चिन्ह र नाम खोपिएको प्रतीक चिन्हको प्रतिरुप पनि उपहारमा दिएका थिए ।

त्यसो त लुना २ मा सोभियत संघ रोकिएन । लगत्तै सोही वर्षको अक्टोबर ४ मा उसले लुना ३ पनि पठायो, जसले चन्द्रमाको अँध्यारो भाग (Dark side) को नक्सा पनि पहिलो पटक खिचेर पठाएको थियो ।

युरी गागिरन https://littleastronomy.com

एकपछि अर्को सफलताले हौसिएको सोभियतसंघले सन् १९६१ मा अन्तरिक्षमा पहिलो पटक मानिसलाई पठाउने सफलता हासिल गर्‍यो । त्यो सौभाग्यशाली कीर्तिमान कायम गर्ने व्यक्ति २७ वर्षीय युरी गागरिन थिए । त्यसको २ वर्षमै सोभियतसंघले पुनः भेलेन्तिना तेरेस्कोभालाई सफलतापूर्वक अन्तरिक्षमा पठाएर पहिलोपटक महिलालाई अन्तरिक्षमा पठाउने कीर्तिमान पनि कायम गर्‍यो ।

भेलेन्तिना तेरेस्कोभा https://www.forbes.com

एकपछि अर्को सफलताले हौसिएको सोभियतसंघले सन् १९६१ मा अन्तरिक्षमा पहिलो पटक मानिसलाई पठाउने सफलता हासिल गर्‍यो । त्यो सौभाग्यशाली कीर्तिमान कायम गर्ने व्यक्ति २७ वर्षीय युरी गागरिन थिए । त्यसको २ वर्षमै सोभियतसंघले पुनः भेलेन्तिना तेरेस्कोभालाई सफलतापूर्वक अन्तरिक्षमा पठाएर पहिलोपटक महिलालाई अन्तरिक्षमा पठाउने कीर्तिमान पनि कायम गर्‍यो ।

सन् १९६६ मा आएर लुना ९ लाई सोभियतसंघले सफलतापूर्वक चन्द्रमामा अवतरण (soft landing) गराएर अर्को कीतिमान पनि कायम गर्‍यो ।

अमेरिकी हालत

एकपछि अर्को गर्दै सोभियतसंघले चन्द्र विजय गरिरहँदा अमेरिकाको हालत चाहिँ निक्कै कमजोर थियो । रूसले चन्द्रमामा लुना– २ ओराल्ने सफलता पाउँदा अमेरिकाले भने पायनियर- ४ बाट चन्द्रमाको ३७ हजार किमी वरसम्म पुग्ने सफलता मात्रै  पाएको थियो ।

अमेरिकाले पायनियर अभियानमा ७–८ पटक प्रयास गरे पनि चन्द्रमाको अर्बिटमा पुग्ने सफलता पाउन सकेन । अमेरिकालाई चन्द्रमाको अर्बिटसम्म पुग्ने सफलता रेंजर अभियानको पनि ७ औं  प्रयासमा रेंजर– ७ बाट जुलाई १९६४ मा आएर मात्रै प्राप्त भएको थियो ।

चन्द्र धरातलमा पहिलाे मानव पाइला । https://ewscripps.brightspotcdn.com

अमेरिकाले सारा विश्वलाई आश्चर्यचकित  बनाउँदै अपोलो ११ अन्तरिक्ष यानले लगेको एपोलो लुनार मोडल इगलको माध्यमबाट १९६९ को जुलाई २० का दिन  आफ्ना दुईजना चन्द्रयात्री नील आर्म्सटङ र बज एल्ड्रिनलाई चन्द्रमामा सफलतापूर्वक आरोल्यो । चन्द्र धरातलमा मानव जातिले पाइला टेकेर अमेरिकाले मानवजातिकै इतिहासमा एउटा विशिष्ट र अद्भूत कीर्तिमान स्थापित गरिदियो, जुन कीर्तिमानलाई पछ्याउने र सफलता हासिल गर्न आजसम्म अन्य कुनै देशले गर्न सकेका छैनन् ।


तर निरन्तरको अथक प्रयास, तत्कालीन अमेरिकी राष्ट्रपति केनडीको विशेष चासो र उत्प्रेरणाका बीच अमेरिकाले अन्तरिक्ष विज्ञानमा आफूलाई अब्बल साबित गर्न निरन्तर प्रयत्न गरिरह्यो । त्यसबीच सोभियत अन्तरिक्ष वैज्ञानिक कोरोलेभको ५९ वर्षको उमेरमा भएको असामयिक निधन अनि सोभियत राजनीतिमा देखापरेको सैद्धान्तिक मतान्तर र खिचातानीले सोभियत अन्तरिक्ष अभियानले खासै गति लिन सकेन । यसबीचमा अमेरिकाले सारा विश्वलाई आश्चर्यचकित  बनाउँदै अपोलो ११ अन्तरिक्ष यानले लगेको एपोलो लुनार मोडल इगलको माध्यमबाट १९६९ को जुलाई २० का दिन  आफ्ना दुईजना चन्द्रयात्री नील आर्म्सटङ र बज एल्ड्रिनलाई चन्द्रमामा सफलतापूर्वक आरोल्यो । चन्द्र धरातलमा मानव जातिले पाइला टेकेर अमेरिकाले मानवजातिकै इतिहासमा एउटा विशिष्ट र अद्भूत कीर्तिमान स्थापित गरिदियो, जुन कीर्तिमानलाई पछ्याउने र सफलता हासिल गर्न आजसम्म अन्य कुनै देशले गर्न सकेका छैनन् ।

चन्द्र अभियानबारे थप केही जानकारी

अहिलेसम्म विश्वका ६ राष्ट्रले चन्द्र अभियान गरेका छन् । यसमध्ये तीनवटा राष्ट्रहरु– रूस, अमेरिका र चीनलाई मात्रै चन्द्र धरातलमा आफ्ना यानलाई सुरक्षित अवतरण गराउने सफलता प्राप्त भएको छ ।

अप्रिल ११, २०१९ का दिन इजरायली अन्तरिक्ष वैज्ञानिकहरुले पनि चन्द्रमामा निजी क्षेत्रले पठाएको यानलाई सुरक्षित अवतरण गराउने कोशिश गरेको थियो, जुन सफल भएन । चन्द्र धरातललाई छुनुभन्दा केही मिनेट पहिले मात्रै इजरायली यानको मुख्य इन्जिन फेल खाएर पृथ्वीको नियन्त्रण कक्षसँगको सम्पर्क विच्छेद भएको थियो, जसले गर्दा त्यो अनियन्त्रित भई चन्द्र धरातलमा ठोक्किन पुगेको थियो ।

चन्द्रयान– २ https://www.hindustantimes.com

भारतको अंतरिक्ष एजेंसी इसरोको महत्वाकांक्षी अभियान चन्द्रयान– २ मार्फत् विक्रम ल्याण्डरलाई चन्द्र धरातलमा गराउन खोजेको ‘सफ्ट ल्याण्डिङ’ पनि चन्द्र धरातल छुन केही मिनेट बाँकी रहँदै असफल भयो । अहिलेसम्मको जानकारी अनुसार चन्द्रसतह छुनुभन्दा झण्डै २.१ किमी पहिला नै यो नियन्त्रण बाहिर गई वेगले चन्द्रमामा ठोक्कियो ।


इजरायलपछि भारतले पनि हालसालै मात्र चन्द्र धरातलमा आफ्नो यान उतार्ने कोशिश गरेको थियो, जुन असफल नै भयो । भारतको अंतरिक्ष एजेंसी इसरोको महत्वाकांक्षी अभियान चन्द्रयान– २ मार्फत् विक्रम ल्याण्डरलाई चन्द्र धरातलमा गराउन खोजेको ‘सफ्ट ल्याण्डिङ’ पनि चन्द्र धरातल छुन केही मिनेट बाँकी रहँदै असफल भयो । अहिलेसम्मको जानकारी अनुसार चन्द्रसतह छुनुभन्दा झण्डै २.१ किमी पहिला नै यो नियन्त्रण बाहिर गई वेगले चन्द्रमामा ठोक्कियो । ‘सफ्ट ल्याण्डिङ’को अर्थ यानलाई सुरक्षित रूपले नियन्त्रित गर्दै अति कम गतिमा सञ्चालित गरेर चन्द्रमामा ओराल्नु हुन्छ ।

तर चन्द्रमामा आफ्नो यानलाई जबरजस्ती अवतरण (फोर्स ल्याण्डिङ वा हार्ड ल्याण्डिङ) गराउने वा पुर्‍याउने सफलता इसरोलाई प्राप्त भयो, जुन सफलता आजभन्दा ६० वर्ष पहिले नै प्रथम पटक तत्कालीन सोभियत संघले प्राप्त गरेको थियो ।

त्यसो त भारतले आफ्नो पहिलो चन्द्र अभियानअन्तर्गत सन २००८ मै चन्द्र अर्बिटसम्म चन्द्रयान– १ नाम गरेको यान पठाइसकेको छ । चन्द्रमामा ‘सफ्ट ल्याण्डिङ’ गर्न असफल रहेको विक्रम ल्याण्डर बोकेर उडेको दोश्रो अभियानको चन्द्रयान– २ नामाकारण गरिएको अर्बिटर  पनि  सफलतापूर्वक चन्द्र ऑर्बिटमा स्थापित भई काम गरिरहेको छ । चन्द्रयान– २ ले नै चन्द्र धरातलमा ‘क्र्यास ल्याण्डिङ’ हुन पुगेको विक्रम ल्याण्डरको ‘थर्मल इमेज’ पनि इसरोलाई पठाइसकेको छ ।

उता जापानले पनि चन्द्र अर्बिटसम्म मात्रै यान पठाएको छ । यसका अतिरिक्त थुप्रै युरोपियन  देशहरु सम्मिलित ‘युरोपियन स्पेस एजेन्सी’ले पनि चन्द्र अर्बिटसम्म यान पठाएको छ ।

विश्वका ७०–७२ देशसंग ‘स्पेस एजेंसी’ छन तर चन्द्र अभियानमा संलग्नता भने यी ६ देशले मात्रै गरेका छन् ।

लुनाअभियान सम्बन्धी केही जानकारी

  • लुना २ चन्द्र धरातलको मारे सेरेनिटाटिसको पूर्वतर्फ एरिस्टिडेस, आर्किमेडेस र अटोलाइकस क्रेटरहरुको नजिक अवतरण भएको थियो ।
  • लुना– २ को डिजाइन लुना– १ कै जस्तो थियो ।
  • लुना २ को वैकल्पिक नाम लुनिक २, सेकेण्ड कस्मिक रकेट, ००११४, १९५९–०१४ए थियो ।
  • लुना २ लाई तत्कालीन सोभियतसंघको कजिाकिस्तानस्थिति बैकोनुर कस्मोड्रम प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।
  • लुना २ ले सोभियत राष्ट्रिय चिन्ह र रुसी भाषामा सोभियत संघको संक्षिप्त नाम CCCP खोपिएका  थुप्रै प्लेटहरु रहेको गोलो प्रतीक चिन्हहरु (pennants)  पनि आफूसँग लगेको थियो । चन्द्र धरातलमा यान बज्रिएपछि ती प्रतीक चिन्हहरु विस्फोट हुने र त्यसका टुक्राहरु चन्द्रमाको धरातलमा छरिने गरी डिजाइन गरिएका थिए ।
  • लुना– २ लाई पछ्याउन सजिलो होस् भन्नको लागि अन्तरिक्षमा पुगेपछि यसले उज्यालो सुन्तले रंगको सोडियम ग्याँसलाई छरेको थियो । सूर्यको विकिरणसँगको रासायनिक प्रतिक्रियाका कारण त्यो ग्याँस अत्यन्तै चम्किलो हुन्थ्यो, जसले गर्दा लुना– २ मानवनिर्मित धूमकेतु जस्तै देखिएको थियो । सोही अभ्यासबाटै अन्तरिक्षमा ग्याँसले कस्तो व्यवहार देखाउँछ भन्ने समेत प्रयोगात्मक अध्ययन गरिएको थियो । त्यसो त लुना– १ मा पनि त्यस्तै गरिएको थियो ।
  • चन्द्रमाको अन्वेषण गर्नका लागि सोभियतसंघले थालेको महत्त्वाकांक्षी परियोजना लुनाको एउटा हिस्सा थियो लुना– २, जसले चन्द्र धरातललाई छुन सफलता प्राप्त गर्‍यो । सन् १९५९ देखि १९७६ का बीचमा तत्कालीन सोभियत संघले २४ वटा मानवरहित अन्तरिक्ष यान चन्द्रमालाई लक्षित गरेर पठाएको थियो ।
  • लुना ३ ले पहिलो पटक चन्द्रमाको परिक्रमा गरेर अक्टोबर ४, १९५९ मा पृथ्वीबाट नदेखिने चन्द्रमाको भागको फोटो खिचेर पठाएको थियो ।
  • सन् १९६६ को जनवरी ३ मा लुना ३ चन्द्र धरातलमा सफलतापूर्वक अवतरण गरेर ऐतिहासिक कीर्तिमान कायम गरेको थियो ।
  • सेप्टेम्बर १२, १९७० मा लुना १६ ले चन्द्र धरातलबाट माटोको नमूना संकलन गरी पृथ्वीमा फर्केर अर्को कीर्तिमान कायम गरेको थियो ।
  • त्यसैगरी, नोभेम्बर १०, १९७० मा लुना १७ ले चन्द्र धरातलको अन्वेषण गर्न लुनोकहड १ (Lunokhod 1)  नाम गरेको रोबोट गाडीलाई सफलतापूर्वक अवतरण गराएको थियो । उक्त रोबोट गाडीमा टेलिभिजन यन्त्रहरु पनि जडान गरिएका थिए, जसको मद्दतले त्यसले चन्द्र धरातलका कैयन किलोमिटर क्षेत्रका प्रत्यक्ष चित्रहरु पृथ्वीमा पठाएको थियो ।
  • मे २९, १९७४ मा पठाइएको लुना २२ ले चन्द्रमाको २८४२ पटक परिक्रमा गरेर अन्तरिक्ष अन्वेषणमा मानव विजयको कीर्तिमानी झण्डा फहराएको थियो ।
  • त्यसैगरी, लुना अभियानअन्तर्गतको अन्तिम यान लुना २४ (अगस्त ९, १९७६) ले चाहिँ चन्द्र धरातलको सातफिट मुनिको माटोको नमूना लिएर पृथ्वीमा फर्केको थियो ।
  • अमेरिकाको सफल अन्तरिक्ष अभियान एपोलो ११, जसले चन्द्र धरातलमा मानिसलाई ओराल्न सफलता प्राप्त गरेको थियो, भन्दा १० वर्षअगाडि लुना– २ ले उक्त ऐतिहासिक सफलता हासिल गरेको थियो ।
  • रातोपाटीबाट साभार

शुक्रबार, भदौ २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...