स्पोर्ट्स क्लब तथा सांस्कृतिक उपसमिति गठन

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी सामुदायिक माध्यमिक विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै स्पोर्ट्स क्लब गठन गरेको छ । खेलकुदमा रुची रहेका विद्यार्थीहरुलाई लक्षित गरी आइतबार क्लब स्थापना गरेको हो ।
विद्यालयमा आयोजित भेलाबाट बिजय छिनाल संयोजक र सोफिया बरुवाल सहसंयोजक रहेको क्लब गठन गरिएको छ । समितिको सदस्यमा अभिषेक पौडेल, आकाश दर्जी, पवित्रा किसान, तारामाया घर्ती, सुषा राई, सन्दिप केसी, सन्ध्या सुवेदी, आस्था पौडेल, निराजन पट्टेल, सञ्जु बुढामगर, राम विक, सुमन विक र रामकृष्ण परियार रहेका छन् ।
त्यस्तै सांस्कृतिक गतिविधिलाई समेत तीव्रता दिन सुस्मिता किसानको संयोजक, रिया रोका उपसंयोजक रहेको सांस्कृतिक कार्यक्रम उपसमिति समेत गठन गरेको विद्यालयका शिक्षक सचिन शाक्यले बताए । समितिको सदस्यमा किस्मिता थापा, निशा जिसी, सोनिया किसान, विशेषता सापकोटा, तारा घर्तीमगर, श्याम तामाङ, कृष्णबहादुर नेपाली, भूमिका भण्डारी, सुप्रेणा किसान, सृष्लिना घर्तीमगर, सपना केसी, सृषा राई र सन्दिप केसी रहेका छन् ।
दुवै टोलीलाई प्रधानाध्यापक दिपक श्रेष्ठले बधाई दिँदै आफ्ना योजनाहरु प्रस्तुत तथा जिम्मेवारी अनुसार अगाडि बढ्न सुझाव दिएका छन् ।

मङ्लबार, भदौ ३१, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...