मृगौला पीडित शर्मालाई मोना कतारको सहयोग

19 Views

म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) कतारले मृगौला पीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । दुवै मृगौला फेल भएका बेनी नगरपालिका ५ पुलाचौरका डकेनाथ शर्मालाई मोना कतारले उपचारमा सघाउन ४३ हजार सातसय रुपैयाँ सहयोग गरेको हो । सोमबार बेनी स्थित ओमकुमारी शान्तिकोषको सचिवालयमा सहयोग हस्तान्तरण कार्यक्रम मार्फत प्रतिनिधिसभाका सांसद भुपेन्द्र थापा र मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले सहयोग रकम पीडितका भाई विज्ञान शर्मालाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्नुहुँदै सांसद थापाले विदेशमा पसिना बगाएर आर्जन गरेको रकम मानविय सेवाका लागि सहयोग गर्नुहुने मोना कतार परिवारलाई विशेष धन्यवाद दिनुभयो ।

कार्यक्रममा मोना कतारका अध्यक्ष पौडेलले पीडित शर्माको उपचारमा थोरै भएपनि सहयोग पु¥याउन आफूहरुले सहयोग गरेको बताउनुभयो । उहाँले आपत र विपतमा परेका म्याग्देलीहरुलाई सहयोग गर्न मोना कतारले निकट भविष्यमा १० लाख रुपियाँ बरावरको अक्ष्यकोष स्थापना गर्न लागेको जानकारी दिनुभयो ।

मङ्लबार, अशोज १४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...