खाद्यान्न जोगाउँ

78 Views

हामीहरुले दैनिक रुपमा खेर फालीरहेको थोरै थोरै खाद्यान्नहरु पनि बचत गर्न सक्यौं भने धेरै नागरिकको भोक टार्न सकिन्छ । हामीले सामान्य रुपमा लिँदै फाल्ने गरेको त्यही खाद्यान्नले कतिपयको जीवनरक्षा गर्न सक्छ भन्ने हेक्का हामीलाई होला नहोला तर पनि त्यो जोगाउन सक्यौं भने पक्कै पनि कसैको ज्यान भोकले जाने छैन । नेपालको कूल जनसख्याँको ८० प्रतिशत भन्दा बढि कृषीकार्यमा रहेको तथ्याङक भएको दुई दशक अगाडीको नेपालमा अहिले पनि अधिकांश नागरिकहरु कृषीमै निर्भर छन् । नेपालमा अझै पनि ६० प्रतिशत भन्दा धेरै जनसंख्या कृषिमा प्रत्यक्ष र परोक्ष किसिमले संलग्न रहेको पाइन्छ । नेपाली समाज कृषिमै निर्भर रहँदै गर्दा पनि आधुनिक प्रविधि अपनाउन तर्फ भने लागेको देखिदैन । नेपालको मूख्य पेशा कृषि हो तर यसलाई कसरी आधुनिकीकरण गर्ने भन्ने तर्फ भने सोच्न सकिएको छैन ।
हरेक वर्षको अक्टोवर १६ को दिन विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध ऐक्यवद्धा जनाउनका लागि भन्दै खाद्य दिवस मनाइन्छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओ. का अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ औ शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनौति हो । त्यसैले कुनै पनि हालतमा स्थानिय जातका खाद्यान्नलाई गोगाउँदै परिस्कृत गर्नु पनि अहिलेको अवाश्यकता हो । विश्वकै ईतिहास हेर्ने हो भनें पनि दोश्रो बिश्वयूद्ध पछिको समयमा खाधान्न खोजीमा लाखौं मान्छेहरु एक ठाँउवाट अर्को ठाँउमा अनि एउटा देश वाट अर्कोमा बसाँई सरेको देखिन्छ । बसाँईसराई र खाधान्नको सुरक्षा एउटा गहन समबन्ध भएको तथ्य हो । एक ठाँउवाट अर्को ठाँउमा बसाईसर्दा आगमन बिन्दुमा भएको सिमीत खाधान्न र उत्पादकत्वमा ह्रास आउने कारणले खाधान्न संकट बिकसीत ठाँउमा झन धेरै हुने संभावना छ । त्यसैले कसरी हुन्छ खाद्यान्न जोगाउँदै प्रयोग गर्नुको बिकल्प छैन ।
५० बर्ष अगाडीको शहर र आजको शहर तुलना गर्ने हो भने उव्जाउने हात भन्दा खाने मुख मात्र बढेका छन्, खाधान्न संकट व्यबस्थापनका लागि यो एउटा समस्या हो । प्रविधी, सञ्चार र भौतिक पूर्वाधारमा रमाइरहेको बिश्वलाई सुस्तरि खाधान्न उत्पादन तर्फ लगानी र उत्साह घटेकाले हुने भावी समस्या प्रति जागृत गराउन पनि बिश्व खाधान्न दिवस महत्वपूर्ण छ । एउटा तथ्याकंका अनुसार सन् २०२५ सम्मा बिश्वमा खाधान्न अभाव भएर बिकसीत देशका ठूला ठूला निगमहरु बिकासोन्मुख देशका खाली जमिनमा कृषी गर्न लगानी गर्ने दावा गरिएको छ । संसारका न्यूनतम् आर्थिक अवस्था भएका विपन्न वर्गहरुमा कृषक, माछा मार्ने मान्छेहरु र घरपालुवा जनावर पाल्ने जस्ता पेशागर्ने मान्छेहरु छन् जसलाई बढ्दो पृथ्वीको तापक्रम, प्रकृती अनि मौसम सम्बन्धि बारम्बार हुने प्रकोपहरुले धेरै दुःख दिनेगर्दछ । त्यसैले प्राकृतिको सही प्रयोग अनि प्राकृतिक श्रोतको सहि पहिचान र प्रयोग नै आजको मुख्य आवश्यकता हो ।

बुधबार, अशोज २९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...