ग्राण्डी अस्पतालले भन्यो, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य

23 Views

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको ग्रान्डी अस्पतालले जानकारी गराएको छ ।

बुधबार साँझ अस्पतालका निर्देशक चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहले संयुक्त वक्तव्य निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकोले जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओली आजै वा भोलि बिहानसम्म डिस्चार्ज हुने विज्ञप्तिमा उल्लेख छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज बिहान ग्राण्डी अस्पताल जानुभएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही असहज महसुस भएपछि अस्पतालमै राखेर आवश्यक परीक्षण गरिएको छ ।

बिहिबार, कार्तिक १४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...