अन्तराष्ट्रिय तामाङ परिषद्को मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा हुँदै

111 Views

मस्कट। विश्वभरि छरिएर रहेका तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद्को मध्यपूर्व क्षेत्रीय सम्मेलन ओमनमा हुने भएको छ । सम्मेलन तामाङ समाज ओमानको व्यवस्थापन तथा अन्तर्राष्ट्रिय तामाङ परिषद्को आयोजनामा आगामी नोभेम्बर २९ तारिख शुक्रबारका दिन राजधानी मस्कटस्थित अलमासा हलमा हुने भएको हो।

सम्मेलनमा ओमनसहित अन्य मध्यपूर्वी राष्ट्रहरू युएई ,बहराइन, कुवेत ,कतार , साउदीअरब र इराकबाट ४ दर्जनभन्दा बढि प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागी हुने बताइएको छ।

त्यस्तै तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको अध्यक्ष  तथा अन्य प्रतिनिधिहरू ,परिषद्का पदाधिकारी र पत्रकारहरूको समेत उपस्थिति रहने तामाङ समाज ओमनले जानकारी दिएको छ।

सोमवार, मंसिर २, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...