सागमा स्वर्ण जित्नेहरु

दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक पुर्‍याएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो ।

१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले जारी १३ औं संस्करणमा ३० स्वर्ण जितेसँगै नेपाल एक सय स्वर्ण पूरा गरेको हो । पुरुष ८७ केजी तौल समूहमा सक्षमले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्न सफल भए । उनले पाकिस्तानका वकार अलीलाई २७-९ स्कोरले हराए ।

जारी सागमा अहिलेसम्म करातेले १० र तेक्वान्दोमा ११ स्वर्ण जितेको छ । यस्तै उसु, साइक्लिङ, एथ्लेटिक्स, ट्रायथोलनमा स्वर्ण हात पारेको छ ।

पदक जित्नेहरु 

१३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले अहिलेसम्म प्राप्त गरेको पदक–

स्वर्ण पदक 

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ– ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो

३०‍. निमा घर्ती मगर (उसु नानछ्वान)

रजत पदक 

१. चञ्चला दनुवार– (एकल काता) कराँते
२. कृष्णबहादुर तामाङ– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
३. दिवस श्रेष्ठ– (८४ केजीमुनि) कराँते
४. अनु गुरुङ– (६१ केजी) कराँते
५. गंगाराम थारु– (७५ केजी) कराँते
६. लक्ष्मण मल्ल– डुवालोथन
७. हुमी बुढा मगर– डुवालोथन
८. महिला भलिबल टोली
९. टेबल टेनिस– (टिम इभेन्ट) पुरुष
१०. खो खो– महिला टोली
११. ट्रायथलन– मिक्स टिम

कास्य पदक   

१. रेजिन रिमाल– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
२. अस्मिन राउत र सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
३. जितबहादुर बोट र पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
४. शिशिर श्रेष्ठ, अस्मिन राउत र दीपेन्द्र गुरुङ– (१७–२३ वर्ष) पुरुष टिम पुम्से
५. कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु– (२३ वर्षमाथि) पुरुष टिम पुम्से
६. वसन्त थारु–ट्रायलथन
७. राजीव पुडासैनी– कराँते
८. टंक कार्की– (१ हजार ५ सय मिटर) एथलेटिक्स
९. दीपक अधिकारी– (१० हजार मिटर) एथलेटिक्स
१०. हरिप्रसाद गोले– (थाउलो) उसो
११. ब्याडमिन्टन– (टिम इभेन्ट, महिला)
१२. ब्याडमिन्टन– (टिम इभेन्ट, पुरुष)
१३. टेबल टेनिस– (टिम इभेन्ट) महिला
१४. कराँते– (टिम फाइट) महिला
१५. खो खो– (पुरुष टोली)

बिहिबार, मंसिर १९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...