‘म बलात्कृत भएकी हुँ भन्दा कसैले पत्याएनन्’

68 Views
माया श्रेष्ठ/रातोपाटी

बिहान कलेजमा एक पिरियड पढाइ छोडेर हतारहतार कोठामा आउने अनि खाना बनाएर खाने त्यसपछि न्युरोडस्थित एक सहकारीमा काम गर्न बिहान १० बजे पुग्ने दीपिका (नाम परिवर्तित) को दैनिकी हो । यसरी बिहान कलेज, दिउँसो सहकारीको काममा दीपिका व्यस्त हुन थालेको १ वर्ष भयो । बाजुराकी १९ वर्षीया दीपिका बानेश्वरस्थित एक कजेलमा कक्षा १२ अध्ययनरत छिन् ।

यति पढ्दा तपाईं हामीलाई लाग्न सक्छ : यो कुन समाचार कथा भयो र ? यो त एउटा आम नेपाली चेलीको दैनिकी भन्दा खासै फरक त छैन !
पख्नोस्, यति सजिलै निष्कर्षमा नपुग्नुहोस् । हो, माथि उल्लिखित दैनिकी एक नेपाली चेलीको दैनिकी नै हो । तर त्यो दैनिकीलाई अपनाएर बसेकी चेली दीपिकाले त्यो दैनिकी अपनाउनुभन्दा पहिले भोग्नुपरेको दारुण कथा आज हामी तपाईंहरुसमक्ष पस्कँदैछौँ । यो कथा पस्कँदा हामी उनको पीडा र दुःखलाई सार्वजनिक गरेर सहानुभूतिको खेती गरिरहेका छैनौँ । हामी त उनको त्यो दर्दनाक कथा, उनकै अनुमतिमा समाजमाझ उजागार गरेर नेपाली समाजका कैयौँ दीपिकाहरुले भोग्नुपरेको र अझैसम्म न्याय पाउन नसकेको एउटा विडम्बनापूर्ण परिस्थितिको बारेमा चर्चा गर्दैछौँ, जसले गर्दा समाजका थुप्रै पीडितहरुले आफ्ना आवाज सार्वजनिक गर्न सकून् र ती दीपिकाहरुलाई न्याय दिलाउने पक्षमा जनआवाज र जनमत उठ्न सकून् ।
०००

नेपाली समाजको एउटा अँध्यारो पाटो, अपराधको शिकार बनेकी दीपिकालाई भेट्न ३ दिनअघि फोन सम्पर्क गर्दा गत मङ्गलबार दिउँसो ४ बजे भेट्नका लागि फुर्सद् मिल्ने उनले बताइन् । कार्यालयको काम र सडक जाम भएका कारण उनी कुपनडोलस्थित बाग्मती पुल नजिकै रहेको आफ्नो डेरामा ५ बजे मात्र दीपिका आइपुगिन् । भाइसँगै आएकी दीपिका र उनको भाइलाई साथै लिएर खाजा खाँदै कुरा गर्ने सोचका साथ ४ वटा होटल चाहारेपछि मात्रै सहज रूपमा बसेर कुराकानी गर्ने होटल फेला पर्यो । उनले रातोपाटीसँग सेयर गरेको दुःखद कथा यस्तो छः


आफ्नो अस्मिता नै लुटिएपछि दीपिका चरम निराशामा डुबिन् । त्यो क्षण उनका मनमा घरमा जाऊँ कि भीरमा गएर हामफालुँ भन्ने दाधारे भावनाको आँधी चल्यो । उनको एक मनमा यो घटनाबारे  घरपरिवार र समाजले थाहा पायो भने राम्रो नजरले हेर्दैन, बाँचेर पनि पलपल मर्नुभन्दा त बरु आत्महत्या गर्नु नै बेस हुन्छ भन्ने भावनाले उनलाई छोप्यो । तर उनमा आत्महत्या गरिहाल्ने आँट भने आइहालेन ।


बिहान कलेजमा पढ्ने, दिउँसोमा सहकारीमा जागिर गरौँला अनि काठमाडौँमा बहालमा बसेर भाइलाई स्कुल पढाउने उनले कल्पनासमेत गरेकी थिइन् । भनिन्छ मानव सर्वश्रेष्ठ प्राणी हो । त्यहीँ सर्वश्रेष्ठ प्राणी मानिने मानव दानव बनिदिँदा दीपिकाको जीवन अन्धकार बन्न पुग्यो । त्यसबेला एसईई परीक्षा दिएर बसेकी १६ वर्षीया दीपिकाको घर खोला नजिकै छ । अनि घर नजिकै जङ्गल पनि छ । नियमित जसो  हिँड्ने जङ्गल पार गरेर दीपिका बजार गर्न जाँदा ३ वर्षअघि सामूहिक बलात्कारमा परिन् ।

उनको घरदेखि बजार पुग्न मात्रै करिब २ घण्टा लाग्छ । त्यस दिन बजार जानेक्रममा पछाडिबाट आएर दुष्ट कामपिपासुहरुको एउटा झुण्डले झयाप्प आँखा र मुख छोपिदियो । त्यसपछि उनलाई हात, खुट्टामा समातेर झाडीतिर लगे । अनि सुरु भयो अमानवीय हर्कत । ती दुष्टहरुले उनीमाथि सामूहिक बलात्कार गरे । उनी रोइन्, कराइन, चिच्याइन् तर कसैले उनको रोदन चिच्याहट सुनेनन् । उनले सक्दो प्रतिरोध गरिन् तर आफूभन्दा बलिष्ठ कामान्ध ती दुष्टहरुका सामु उनको केही सीप लागेन । उनी बेहोस भइन् । बिहान खाना खाएर ९.१५ बजे घरबाट बजार जान निस्किएकी उनको साँझपख मात्रै होस् खुल्या । होस् खुल्दा उनले आफूलाई बनको झाडीमा बेहाल अवस्था पाइन् । बजार गर्न भनी उनल नगद तीन हजार पनि बोकेकी थिइन्, बलात्कारीहरुले उनीसँग भएको त्यो नगद पनि लुटी लगेछन् ।

हाम्रो परम्परागत समाजमा एउटी केटीका लागि सबैभन्दा पवित्र कुरा उसको अस्मिता मानिन्छ । आफ्नो अस्मिता नै लुटिएपछि दीपिका चरम निराशामा डुबिन् । त्यो क्षण उनका मनमा घरमा जाऊँ कि भीरमा गएर हामफालुँ भन्ने दाधारे भावनाको आँधी चल्यो । उनको एक मनमा यो घटनाबारे  घरपरिवार र समाजले थाहा पायो भने राम्रो नजरले हेर्दैन, बाँचेर पनि पलपल मर्नुभन्दा त बरु आत्महत्या गर्नु नै बेस हुन्छ भन्ने भावनाले उनलाई छोप्यो । तर उनमा आत्महत्या गरिहाल्ने आँट भने आइहालेन । खासमा, आत्महत्याको विचारले किच्दै गर्दा उनले आफ्नी आमालाई सम्झिन् । घरमा बाबाले मादकपदार्थ सेवन गरेर दैनिक जसो रडाको मच्चाउनुका साथै हातपात गर्दा छुटाउने अनि आमासँगै भाइबहिनीलाई बोकेर घरबाट एकछिनका लागि भाग्न सहयोग गर्ने अल्लि ठूली छोरी उनी मात्रै थिइन् । ‘अँध्यारो भयो, बाबाले कतै सधैँ झैँ आमा भाइबहिनीलाई पिटे, हातपात गरे पो होलान्, तिनीहरुलाई जोगाउने त कोही पनि छैनन्’ भन्ने कुराले उनलाई सतायो र आफ्नी आमा अनि भाइबहिनीको मायाले उनलाई आत्महत्या गर्न दिएन । उनी घर फर्किए ।’ उनी भन्छिन्, ‘घरमा जाँदा बाबा आमा थिएनन् । विस्तारै गएर विस्तरामा पल्टिएँ । तर आफूमाथि भएको सामूहिक बलात्कारको घटनाबारे आमालाई भन्ने आँट गर्न सकिनन् ।’

सामूहिक बलात्कारले पुर्‍याएको शारीरिक र मानसिक तोडका कारण उनी लामो समय बिरामी परिन् । बिरामीको जड कारण थाहा नपाएका उनका परिवारले गाउँघरको प्रचलनअनुसार बिरामी पर्दा हेराउने, चढाउने, पूजा गर्ने सबै गरे तर उनको समस्या विसेक भएन । कतिसम्म भने दीपिका विस्तारै एकोहोरिने, टोलाउने एक्लैएक्लै रुने गर्न थालिन् । यो क्रम  करिब ६ महिनासम्म चलि नै रह्यो ।

यसबीचमा उनले उनले आफूमाथि भएको नारकीय व्यवहार धेरै पटक आमालाई भन्न खोजिन् तर सकिनन् । खासगरी, घरको परिस्थिति देखेर आमालाई धेरै पीडा नदिने अठोट गरिन् । यसबीचमा सामूहिक बलात्कारका कारण उनको पेटमा गर्भ बसेको छ महिना बितिसकेको थियो तर उनलाई ६ महिनासम्म आफू गर्भवती भएको हेक्का नै भएन । तर आफू कुन अवस्थामा छु थाहा पाउन आफैलाई गाह्रो थियो । दीपिका बिरामी हुँदा कमजोर अवस्थामा पुगेका कारण महिनावारी नभएको होला भन्ने आमा लगेको थियो । तर त्यस्तो थिएन ।


त्यसपछि उनले छोरीलाई न स्पर्श गर्न पाइन् न स्तनपान नै गराउन पाइन् । एउटै आश्रममा आमा छोरी भए पनि उनी दोस्रो तलामा दुई जना मानसिक बिरामी भएका महिलासँग बस्थिन् । ४ तलामाथि उनको छोरीलाई राखिएको थियो । ‘स्तन चर्किएर दूध झर्दा भित्तामा टाउको ठोकाएर रुन्थेँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ बार्दलीमा बस्दा नानीको रोएको सुन्दा पीडा सहनै गाह्रो हुन्थ्यो ।’


आमा र गाउँलेहरूले उनलाई कसको पाप बोकेकी होस् भनेर सोध्न थाले । उनले मलाई थाहा छैन भनिन् । म बलात्कृत भएकी हुँ भन्दा कसैले पत्याएनन् । त्यसपछि उनी आफू गर्भवती भएको थाहा पाएपछि उनी घरबाट भागिन् । घरमा बाबा आमाको झगडा झनै बढ्न थाल्यो, थाहा पाएकाले आफन्त गाउँकाले गर्ने व्यवहारमा परिर्वतन आयो । अनेक खालका व्यवाहारले आजित दीपिका घरबाट भागेर त्यही जङ्गलमा मर्नकै लागि भाग्दा मामाहरुले फेरि घरमै फर्काए ।

त्यसपछि उनलाई धेरै पटक गर्भ भएको बच्चाको बाबु को हो भनेर सोधियो । तर उनलाई काहाली लाग्दो घटना दोर्‍याएर भन्न बाध्य भइन् । मामाहरुको सहयोगमा उनलाई काठमाडौँ ल्याएर जाँच गर्दा आठ महिनाको गर्भ भएको निक्र्योल भयो । त्यसपछि एक गैरसरकारी संस्थामा आश्रित भइन् ।

छोरीलाई जन्म दिएर आमा बन्न पाइनन् दीपिका

मावलीको सहयोगमा उनी ललितपुरस्थित एक गैरसरकारी संस्थामा आश्रित भइन् । त्यहाँ आश्रित भएर बसे पनि उनलाई बच्चा कसरी लालपालन गर्ने ? समाजले बच्चाको बाबु को हो भन्दा के भन्ने ? बच्चाले मेरो बाबा खोइ भन्दा के भन्ने ? समाजमा कसरी अनुहार देखाएर बाँच्ने जस्ता प्रश्नको उनलाई सताउन थाल्यो । त्यहाँ बस्दा मनोपरामर्श गर्दा घरिघरि मन शान्त हुन्थ्यो । जब प्रसूति गृहमा छोरीलाई जन्म दिएपछि उनलाई एक पटक छोरीको अनुहार झुलुक देखाइयो ।

त्यसपछि उनले छोरीलाई न स्पर्श गर्न पाइन् न स्तनपान नै गराउन पाइन् । एउटै आश्रममा आमा छोरी भए पनि उनी दोस्रो तलामा दुई जना मानसिक बिरामी भएका महिलासँग बस्थिन् । ४ तलामाथि उनको छोरीलाई राखिएको थियो । ‘स्तन चर्किएर दूध झर्दा भित्तामा टाउको ठोकाएर रुन्थेँ,’ उनले भनिन्, ‘कहिलेकाहीँ बार्दलीमा बस्दा नानीको रोएको सुन्दा पीडा सहनै गाह्रो हुन्थ्यो ।’

दीपिकाले कलिलो उमेरमा बाध्य भएर छोरीलाई जन्म दिइन् । आमा बनेर पनि मेरी छोरी हो भनेर हुर्काउन अनि हेरचाह गर्न नसकेको पीडाले  पलपलमा पोल्ने गर्छ उनलाई । नानीलाई सम्झिएर आफ्नो अवस्था सम्झेर रातभरि उनलाई निद्रा लाग्थेन । नानीलाई नहर्ने नभेट्ने अठोट गरेकी थिइन् । तर, आधा रातमा  कसैले थाहा नपाउने गरी नानीलाई हेर्न पटक पटक गइन् । नानीलाई हेरेर शौचालयमा गएर रुँदै रात कटाएको उनले सुनाइन् ।

छोरीलाई त्यही संस्थामा राखेर मलाई अर्को संस्थामा लैजाने कुरा थियो । छोरीलाई भेट्दिन भनेर अठोट गरेकी उनी फेरि नानीलाई हेर्ने चाहले बहाना बनाएर नानीलाई स्याहारसुसार गर्ने दिदीलाई बार्दलीमा भेट्न गइन् । ‘त्यहाँ मेरी छोरीलाई घाममा राखेर तेल लगाइँदै रहेछ, तेल लगाउँदा छोरी चर्को चर्को स्वरले रोइरही । त्यही क्रममा उसलाई भुलाउन तीन जानले पालैपालो काखमा लिए तर रुन छाडिन । मैले काखमा समातेपछि रुन छाडी । त्यो पल मलाई साह्रै गाह्रो भयो,’ उनले भनिन् ।


शिक्षाको अभावमा गाउँका जन्नेसुन्ने भन्नेले पनि जबरजस्ती करणीका घटना प्रकाशमा ल्याउन चाहँदैन । त्यसैले मलाई गाउँमा मुख देखाउन लायक छैन भन्नेका अगाडि गाउँमै गएर जनचेतना र यौन हिंसाका बारेमा जनचेनता फलाउने काम गर्ने योजना बनाएको उनले सुनाइन् । उनलाई यो स्थितिमा ल्याउने व्यक्तिलाई शङ्काका  आधारमा बोल्न नसकेको उनले बताइन् ।


त्यसको केही दिनमा बच्चा छाडेर अर्कोे संस्थामा आश्रित हुन पुगिन् । करिब डेढ वर्षसम्म उनलाई विभिन्न खालका मनोपरामर्श दिएपछि विस्तारै घरपरिवार, आफन्त र संस्थाका मानिससँग घुलमिल हुन सुरु गरिन् । काम गरेर छोरी पाल्न सक्छु भन्ने आँट नआएको होइन उनलाई । तर घरका तीनजना भाइ बहिनीलाई सहयोगको आवश्यकता थियो । घरमा उनको कारण मानसिक पीडा त थिँदै थियो, आर्थिक अवस्थासमेत कमजोर हुँदा भाइबहिनीलाई कसरी त्यो परिस्थितिबाट निकाल्ने भन्ने कुराले पनि उनलाई सताउन थालेको थियो ।

‘त्यो समय मेरो मन नै स्थिर थिएन । छोरीलाई सँगै राखेर पाल्ने निर्णय गरेको भए घरका ३ जना भाइबहिनीलाई सहयोग गर्न सक्थिनँ,’ उनले भनिन्, ‘छोरी मसँग भन्दा पनि संस्थामा बसेर खुसी छे ।’

छोरीको सामाजिक सञ्जालमा राखिएको तस्बिर उनले आफ्नो मोबाइलको वालमा राखेको देखाउँदै मेरी छोरी ठूली भइसकी भन्दै गहभरी आँसु बनाउँदै थिइन् । भाइबहिनीलाई पढाउने अनि हुर्काउने अनि समाजमा आफू जस्तै पीडामा परेकालाई सहयोग गर्ने अठोटका साथ दुःखलाई लुकाएर सङ्घर्ष गरिरहेको उनले बताइन् । आजभोलि दीपिका संस्था छाडेर बहालमा भाइसँगै बस्छिन् । बिहानमा कलेज दिउँसो जागिरमा व्यस्त हुन्छिन् । पढाइ सँगसँगै काम गरेर भाइबहिनीलाई पनि पढ्ने वातावरण सिर्जना गर्ने उनले बताइन् ।

अन्जान व्यक्तिका कारण जीवनभर सजाय पाएको उनले बताइन् । ‘समाजले मलाई नै दोषी देख्छ, उनले भनिन्, ‘मैले नानी राखेको भएको बिनाबाउको छोरी भएकै कारण उसले पीडा सहेर बस्नुपथ्र्यो ।’

ममाथि नारकीय व्यवहार भएको ७ महिनापछि त्यही जङ्गलमा एक जना बहिनीको हत्या भयो । तर कसले  हत्या गर्‍यो भन्ने बारेमा सबै अन्जान छन् । ‘त्यहाँ पटक पटक धेरै महिलाको अस्तित्व लुटिएको छ,’ दीपिका भन्छिन्, ‘छोरी बलात्कृत भइन् भनेर समाजमा इज्जतको डरले परिवारले बाहिर नबोल्न दबाब दिन्छन् ।’ गाउँमा जबरजस्ती करणीमा परेका घटना भित्रभित्र मिलाउने प्रहरीकोमा उजुरी नपुग्ने उनले बताइन् । गाउँमा जाँड, रक्सी, तासमा समय कटाउने धेरै छन । त्यस्तै नरकीय व्यवाहार गरेर गाउँमा शिर ठाडो पारेर बस्ने धेरै छन्, उनले भनिन् ।

सामूहिक रूपमा बलात्कृत हुनुभन्दा अगाडि बाहिरी संसार जस्तै भौतिक पूर्वाधार, मानिस, सहर यस्तो हुन्छ भन्ने उनले कल्पनासमेत गर्न पाएकी थिइनन् ।  जङ्गल अनि खोलासँगै भएको घरबाट ३ घण्टा हिँडेर स्कुल जाने आउने, खेतबारी र वनमा दाउरा घाँसमा सीमित भाइबहिनीको जीवनलाई सहज बनाउने उनको ध्येय हो ।

शिक्षाको अभावमा गाउँका जन्नेसुन्ने भन्नेले पनि जबरजस्ती करणीका घटना प्रकाशमा ल्याउन चाहँदैन । त्यसैले मलाई गाउँमा मुख देखाउन लायक छैन भन्नेका अगाडि गाउँमै गएर जनचेतना र यौन हिंसाका बारेमा जनचेनता फलाउने काम गर्ने योजना बनाएको उनले सुनाइन् । उनलाई यो स्थितिमा ल्याउने व्यक्तिलाई शङ्काका  आधारमा बोल्न नसकेको उनले बताइन् । यौन हिंसा गर्नेलाई कानुनी कठघरामा उभ्याउन आश्यक भए पनि गाउँलेले इज्जतका नाममा कानुनलाई कुल्चिदिन्छन् । गल्ती र गल्ती गर्नेलाई जोगाउन खोज्नेलाई जेल नभएर फाँसी दिन आवश्यक भएको उनले तर्क गरिन् । यौनहिंसा तथा जबरजस्ती करणी गर्नेलाई फाँसी दिने कानुन निर्माण गरे कानुनलाई मिचेर कसैले यौनहिंसा गर्न आँट गर्न नसक्ने उनले बताइन् ।

बुधबार, पुस १६, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...