आईपीएल २०२० को उद्घाटन २९ मार्चमा मुम्बईको वांखडे स्टेडियममा हुने

43 Views

इण्डियन प्रिमियर लिग आईपीएल २०२० को उद्घाटन २९ मार्चमा मुम्बईको वांखडे स्टेडियममा हुने भएको छ ।

साविक च्याम्पियन मुम्बई इण्डियन्स टिमले घरेलु मैदानमा खेल्दै उपाधि रक्षाको अभियान सुरुआत गर्ने छ । आईपीएलको सुरुआतका केही खेलमा अस्ट्रेलिया, इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीहरु खेल्ने छैनन् । त्यतिबेला अस्ट्रेलिया र न्यूजिल्याण्डका बीच टी २० सिरिज चल्नेछन् भने इंग्ल्याण्ड र श्रीलंकाबीचमा टेस्ट सिरिज हुनेछ ।

आईपीएलको उद्घाटन मार्च २९ तारिखमा भए पनि खेल भने अप्रेल १ तारिखदेखि सुरु हुनेछ ।

बुधबार, पुस १६, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...