असुरक्षित यात्रा: एक बिबेचना

-कृष्णकान्त अधिकारी
नेपालमा सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पिडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बिमा व्यवस्था गर्न र सर्व साधारण जनतालाई सरल एवं सुलभ ढंग बाट यातायात सुबिधा उपलब्ध गराउन तथा यातायात सेवालाई सक्षम र प्रभाबकारी बनाउन भनि सवारी तथा यातायात सम्बन्धि कानुन क्रियासिल रहेता पनि नेपालीहरुको सवारी यात्रा सुरक्षित, भर पर्दो र बिस्वासनिय हुन सकिरहेको छैन ।
यात्रा आरामदायी रहोस र गन्तव्यमा समयमानै पुग्न पाइयोस भन्ने कामना सबैको हुन्छ तर हाम्रो देशमा अपबाद बाहेक यो हुन सकिरहेको छैन, सडक तथा यातायात क्षेत्र लथालिङ्ग र भताबुङ्ग छ भन्दा सायद अत्योक्ति नहोला यद्दपी यातायात क्षेत्रका ब्याक्तिहरु र सम्बद्ध निकाय यो मान्न तयार छैन, नेपालमा राज्यले आफ्नो भू–भागको सम्भव भएको सबै क्षेत्र हरुमा आफै लगानी गरेर सडक बनाउछ तर राज्य कोषबाट निर्मित सडकहरुमा गुड्ने सवारी साधन तथा सर्व साधारणहरुले राज्यले नै बनाएको नियम यथोचित रुपमा पालन गर्दैनन् । सडक बनाउने जिम्मा लिएको ठेकेदार भनिएकाहरुले गुणस्तरिय काम गर्दैनन् र समयमा कार्य सम्पन्न पनि गर्दैनन्, यसै गरि राज्य पनि सडक तथा यातायात क्षेत्रलाई ब्यवस्ठित, प्रभाबकारी मितव्ययी, यात्रु मैत्री , र दुर्घटना न्युनिकरण गर्ने सन्दर्भमा कडाइको साथ प्रस्तुत भएको देखिदैन यिनै कारणहरुले गर्दा नेपालमा सडक दुर्घटनाको कहाली लाग्दो तस्बिर हाम्रो सामु उभिएको छ ।।सडक किनारमा यात्रुको प्रतीक्षा गरिरहेको ट्याक्सी मिटरमा जान मान्दै मान्दैन उल्टो यात्रुसंग झगडा गर्न खोज्छ, सार्वजनिक यातायातमा अक्सर क्षमता भन्दा ज्यादा यात्रु राख्ने गरिन्छ, जहा रोक्नु पर्ने हो त्याहा रोक्दैन अनि जहा नरोक्नु पर्ने हो त्यहि रोकिन्छ, मनपरी क्यासेट बजाउछ , ट्रिपरहरुमा अक्सर गरेर अदक्ष युवाहरु नै चालकको रुपमा ज्यादा देखिन्छ जसलाई सडक नियमको पर्याप्त ज्ञान नै हुदैन ।
सडक अनि सडकमा गुड्ने सवारी साधनहरुको दृश्यले एक हद सम्म राज्यको बिकास, व्यवस्थापन, अनि अनुशासनको पनि मापन गरिरहेको हुन्छ । जुनसुकै घटना, दुर्घटना वा क्षतिको पछाडी अनेकौ कारणहरु रहेका हुन्छन । कतिपय कारण मानिस द्वारा सृजित हुन्छन भने कतिपय प्राकृतिक । विज्ञानले आबिस्कार मात्र गर्दैन आविस्कारको साथ साथै बिनास पनि निम्त्याउछ । अहिलेको युगमा दुर्घटना सुन्य सहर, स्थान, क्षेत्र वा राष्ट्र कहिँ कतै भेटीदैन, कतै यसको संख्या कम होला भने कतै धेरै । जुनसुकै चिज, बस्तु, यन्त्र, उपकरण वा साधनको समुचित प्रयोग वा संचालन गर्ने सन्धर्भमा लापरवाही भयो भने त्याहा दुर्घटना हुन्छ । मुल कुरा साधन संचालन गर्ने ब्याक्तिमा संचालन गर्ने क्षमता, निपुणता र ज्ञान छ वा छैन भन्ने हो ।

Image may contain: Krishna Kanta Adhikari, standing and outdoor
विभिन्न तथ्याङ्क (फरक–फरक निकायले निकालेको तथ्याङ्कमा एकरुपता भएको पाइदैन) ले देखाए अनुसार हाम्रो छिमेकी देश भारतमा हरेक बर्ष एक लाख पचास हजार मानिसहरुले सडक दुर्घटनामा परि ज्यान गुमाइरहेका छन् यसरि हेर्दा त्याहा हरेक दिन ४०० भन्दा बढी मानिसहरु दुर्घटनामा परि अकालमा मर्ने गर्दछन । यसै गरि संसारको सबै भन्दा शक्तिशाली भनिने देश अमेरिकामा हरेक बर्ष ४०,००० मानिसले सडक दुर्घटनाको कारणले ज्यान गुमाउने गरेको विभिन्न तथ्याङ्कले देखाउछ अमेरिकामा अल्कोहल सेवनको कारणले ४०% गति को कारणले ३०% र अनुत्तरदायी ड्राइभिङ्ग को कारणले ३०% दुर्घटना हेने गरेको देखाइएको छ । सन् २०१० को डिसेम्बर महिनामा मात्र अमेरिकामा २५९७ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाउनु परेको थियो ।युरोपियन देश हरु मध्ये लिथुवानिया मा सबै भन्दा धेरै सडक दुर्घटना हुने गर्दछ ,यसै गरि संसारको सबै भन्दा दोस्रो सानो मुलुक मोनाकोमा नगन्य मात्रामा दुर्घटना हुने गर्दछ । विश्वको आधुनिक र बिकसित मुलुक स्विडेनमा पनि अति कम सडक दुर्घटना हुने गर्दछ त्यस देशमा प्रत्येक एक लाखमा २. ३ जनाको मृत्यु दुर्घटना बाट हुने गर्दछ । एसिया महादेशको कुरा गर्ने हो भने माल्दिभ्स मा कम सवारी दुर्घटना हुने गर्दछ, त्यस पछि सिंगापुर र जापानको नाम आएको पाइन्छ । नेपालमा प्रती एक लाखमा १७ जना मानिसहरुले सडक दुर्घटनाबाट ज्यान गुमाउनु परिरहेको छ
सडक दुर्घटना न्युनिकरणको लागी सर्व प्रथम चालकहरुमा पर्याप्त मात्रामा दक्षता, ट्राफिक नियमको पालना, सडकको बारेमा जानकारी, सडकको स्तर उन्नति, सवारीको प्राबिधिक अवस्था, सर्व(साधारणमा ट्राफिक नियम र अनुशासनको चेतना लगायतको बिषयमा सुधार हुनु जरुरी देखिन्छ ।
यसै गरी सवारी सम्बन्धि कानुनमा पनि पुनरावोलकन हुनु जरुरी देखिन्छ । नेपालमा सवारी नियम उलंघन गरे बापत हुने सजाय अत्यन्त न्युन रहेको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने सिलसिलामा बिभिन्न देश हरुले कडा जरिवानाको व्यवस्था गरेको पाइन्छ जस्तै भारतमा मादक पदार्थ सेवन गरी सवारी चलाएमा पहिलो पटकको लागि दस हजार जरिवाना र दुइ महिना कैद , दोस्रो पटक पन्ध्र हजार जरिवाना र ६ महिना सम्म कैद, परमिट बिना गाडि चलाएमा दश हजार जरिवाना र ६ महिना सम्म कैद, सिटबेल्ट नलगाई चलाएमा एक हजार जरिवाना इत्यादि । यसरि नै स्पेनमा सिटबेल्ट नलगाई सवारी चलाएमा ९० देखि ३०० यूरो, मोबाइलमा कुरा गर्दै सवारी चलाएमा ९० देखि ३०० यूरो, लाइसेन्स बिना गाडि चलाएमा ३०० देखि १५०० यूरो, मादक पदार्थ सेवन गरी सवारी चलाएमा ३०० देखि १५०० यूरो सम्म जरिवाना र कारागार सम्म राख्न सकिने व्यवस्था गरेको पाइन्छ ।
धेरै जसो घटना वा दुर्घटना मानिसकै गल्ति, लापरवाही, कमजोरी तथा अज्ञानताले हुने गर्दछ । तसर्थ यसको रोकथाम, नियन्त्रण तथा सुधार पनि मानिसबाट नै हुनु जरुरी हुन्छ । सबैको साझा प्रयास, मिहेनत, प्रतिबध्दता, लगनसिलता र उत्तरदायित्वले नै लक्ष्य मा पु¥याउछ, तसर्थ मुलरुपमा सरकार, सरोकारवाला निकाय, बुद्धिजिबी तथा सम्बन्धित सबै पक्षको यसतर्फ समयमै ध्यान जानु जरुरी देखिन्छ । अन्यथा सडक दुर्घटनाको बिकराल तस्विर फेरी पनि बारम्बार नदोहोरियला भनि भन्न सकिदैन ।
लेखक पुर्व प्रहरी अधिकृत हुन् ।

शुक्रबार, पुस २५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...