हारपछि स्वारेज भन्छन्– प्रशिक्षकलाई दाेष दिन मिल्दैन, हामीले नै धेरै कुरामा सुधार गर्नु पर्छ

55 Views

स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँगको हारपछि बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेविरुद्ध सम्पूर्ण नतिजाको आरोप लागिरहेको छ  । तर बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले भने हारको कारण एर्नेस्टो भाल्भर्डे नभएको बताएका छन् ।

बिहीबार भएको खेलमा बार्सिलोना एट्लेटिकोसँग तीन–दुई गाेलअन्तरले पराजित भएको थियो । समग्रमा बार्सिलोनाले पाँच गोल गरेको थियो तर तीन गोल भने भीएआरको कारणले मान्य भएन । खेलपछि स्वारेजले आफूहरुले धेरै कुराहरु सुधार्नु पर्ने बताएका छन् ।

‘नतिजाको सम्पूर्ण दोष भाल्भर्डेलाई दिन मिल्दैन, यो नतिजा हाम्रै कारण प्राप्त भएको हो’, ‘हामीले उत्कृष्ट प्रदर्शन गरेका थियाैँ तर अन्तिमममा सम्हालिन नसक्दा नतिजा हाम्रो हातबाट गुम्यो’ स्वारेजले थपे ।

बार्सिलोनाका लागि मेस्सीको दुई गोल तथा पिकेको एक गाेल भीएआरको कारण मान्य भएन । यसबारे बोल्दै स्वारेजले आफू अहिले पनि भीएआरबारे सोचिरहेको बताए ।

शुक्रबार, पुस २५, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...