नेपाल मगर सँघ ओमान द्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

142 Views
ओमान

नेपाल मगर संघ ओमान ले मृगौला पीडित लाई आर्थिक सहयोग गरेको छ । दुबै मृगौला खराब भई हाल उपचारको क्रममा रहेकी हुप्सेकोट गाँउपालिका -९ निबासी थमनसिँङ् आले मगरकी २० बर्षिय श्रीमती युका आले मगर लाई ५१ हजार ७ सय १३ रुपैया आर्थिक सहयोग गरेको हो ।

आर्थिक स्थिति कम्जोर भएको कारण उपचार मा समस्या भएपछि उपचार मा सहयोग गर्न नेपाल मगर सँघ ओमानलाई अपिल गरे अनुरुप नेपाल मगर सँघ ओमानका केही पदाधिकारी तथा सदस्यहरुको सहयोग बाट सङ्कलन भएको रकम विहिवार नेपाल मगर संघ हुप्सेकोट का अध्यक्ष ले हस्तान्तरण गरेको नेपाल मगर संघ ओमान को महासचिव सुशील पुन मगर ले जानकारी दिएका छन ।

२०११ मा स्थापित नेपाल मगर संघ ओमानले स्थापना कालदेखि आफ्नो पहिचानको साथमा निरन्तर रुपमा सामाजिक कार्य अन्तर्गत गरिव , विपन्न तथा पिडितहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ।

शनिबार, माघ ४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...