महिला हिंसा: संक्षिप्त विवेचना

1538 Views

कृष्णकान्त अधिकारी
शान्तिप्रिय मानिस र मर्यादित समाजको लागि हिंसा जहिले पनि अप्रिय बिषय हो । हिंसाले पीडा, यातना, दुःख, त्रास, अमानवीय व्यवहार र डर उत्पन्न गराउँछ । हिंसाको कारण र स्वरुपहरु अनेक हुन्छन् । हाम्रो समाजमा सदियौंदेखि नै हिंसाले स्थान लिँदै आएको छ । समाजमा पुरुषले पुरुषउपर, महिलाले महिलाउपर, महिलाले पुरुषउपर तथा पुरुषले महिलाउपर भिन्न÷भिन्न प्रकारको हिंसाहरु गर्दै आएको पाइन्छ । यसरी हुने हिंसाहरुमध्ये महिलाहरुउपर हुने हिंसाको स्थान वा मात्रा सबै समाज वा देशमा उच्च रहेको पाइन्छ । महिलाउपर हुने हिंसा भन्नाले महिला हो भन्ने पहिचान भएको अवस्थादेखि जीवनको अन्त्यसम्मको अवस्थामा महिला भएकै कारणबाट निजउपर हुने भेदभावपूर्ण र असमान व्यवहार, शारिरीक वा मानसिक शोषण, भौतिक तथा यौनिक यातनाहरू भन्ने बुझिन्छ ।
प्राचीन ढुङ्गे युगमा मानिस मानिसबीच आजको जस्तो विभेद, असमानता वा महिलाउपर कुनै थिचोमिचो वा हिंसा थिएन । इतिहासको त्यो कालखण्डमा मानवहरु ढुङ्गाको सहायताले शिकार गर्ने, ढुङ्गाको गुफाहरूमा शरण लिने, ढुङ्गाबाट आगो निकाल्ने गर्दथे । यो युग आजभन्दा लाखौं वर्ष पहिले भएको अनुमान गरिन्छ । जीवनयापनको लागि गर्नुपर्ने शिकारमा पुरुष महिला दुबै संलग्न हुन्थे । शिकार गरी ल्याएपछि त्ससमा दुबै पक्षले समानताको आधारमा आवश्यकता बमोजिम बाँडीचुँडी खान्थे । ढुङ्गा नै त्यस युगको महत्वपूर्ण जिउने आधार थियो । भनिन्छ, यस युगमा असमानता, विभेद र अन्याय आदि केही थिएन तथापी यो युग अत्यन्त कठिन र जोखिमपूर्ण युग थियो । बाँच्नको लागि शिकार अनिवार्य थियो, जङ्गली जनावरको शिकार सहज थिएन, शिकार गर्ने क्रममा कतिले ज्यान गुमाउथे, घाइते हुन्थे उपचार थिएन, निश्चित बासस्थान थिएन, प्रतिकुल मौसमको सामान गर्नुपथ्र्यो । यति हुँदाहुदै पनि यो युग एक प्रकारको स्वतन्त्रतासहितको साम्यवाद युग पनि थियो भनी बुझ्न सकिन्छ ।
ढुङ्गे युगपछि पशुपालान र कृषि युग सुरु भयो, कृषि युगले मानव जीवनमा आमूल परिवर्तन ल्यायो । बाँच्नको लागि जङ्गल÷जङ्गल घुम्नुपर्ने मानिस केहि हदसम्म कुनै निश्चित भूगोलमा रहन थाले, निश्चित भू–भागलाई हाम्रो वा तिम्रो भन्न थालीयो । टाँठाबाठा भनिएकाहरुले सोझा–सिधाहरुउपर हैकम जमाउन पुगे । काम लगाउने र काम गर्नेगरी मानिस विभाजन हुन थाले । मालिक र नोकर गरी समाजको वर्गीकरण हुन थाल्यो । मानव सभ्यताको बिकासमा यसै युगदेखि श्रमको शोषण हुने चलन बस्यो । बलियो र बाठाहरुले निर्धो र सोझाहरुलाइ दास तुल्याउन थाले । समय क्रमसङ्गै मानिसहरुले राज्यको विस्तार गर्न थाले, उपनिवेश बनाउने होडबाजी चल्यो राज्य–राज्यबीच युद्ध हुन थाल्यो, जित्ने पक्षले हार्ने पक्षउपर अन्याय अत्याचार गर्न थाले, महिलाहरुलाई यौनदासी बनाउन थालियो ।
औधोगिक युग सुरु भएपछि पुरुषहरु नै काममा जान थाले, महिलाहरु घरभित्र रहन थाले, महिलाको काम खाना बनाउने, घरको सरसफाई गर्ने, बच्चा जन्माउने, हुर्काउने, खेलाउने आदि हुन थाल्यो । औधोगिक कामबाट थकित भएर आउने पुरुषले महिलालाई अनेक निहुँमा हिंसा, दमन र अन्याय गर्न थाल्यो । मानिसले मानिसलाई नियन्त्रण गर्न र एउटा निश्चित पद्धतिभित्र ल्याउन आफू अनुकुलनका नियम कानुनहरु बनाउन थाले । यसरी बनाइएका नियम कानुनमा महिलाको हक अधिकारलाई कुनै स्थान दिइएन, पुरुषहरु नै सर्वेसर्वा हुन थाले । बिश्वका धेरै देशहरु पुरुषप्रधान हुन थाले, समाजको सबै क्रियाकलापमा पुरुषहरुकै वर्चश्व हुन थाल्यो ।
मानव सभ्यताले एउटा युगबाट अर्को युगमा फड्को मार्दै आयो, समाज परिवर्तन हुँदै आयो, मानिसका सोंच, दृष्टिकोणहरुमा बदलाब आयो । युग जहिले पनि गतिशील हुन्छ, युग भनेको समयको अनिवार्यता, निरन्तरता, परिवर्तनशिलता र विज्ञान पनि हो । युग परिवर्तन सँगसँगै मानिसहरुको दृष्टिकोणमा पनि फरकपन आउन थाल्यो । हेपिएका, दबाइएका, पिल्सिएका, अन्यायमा पारिएका महिलाहरुको आवाज बन्द कोठा वा बन्द परिवेशबाट बाहिर आउन थाल्यो । सन् १९६० देखि सन् १९८० सम्म विश्वका बिभिन्न मुलुकहरु विशेषतः औधोगिक राष्ट्रहरुमा महिलावादीहरुले महिला हक र अधिकारको विषयलाई लिएर आन्दोलनहरु गरे । समाजमा विद्यमान लैङ्गिक असमानता, महिला हिंसा, समान काममा असमान पारिश्रमिक, राजनैतिक, आर्थिक क्षेत्रमा महिलाको पहँुचलगायत विभिन्न समसामयिक विषयका मुद्दाहरु उठाए । पश्चिमा जगतमा भएको यस आन्दोलनको प्रभाव संसारभरी नै प्रत्यक्ष वा परोक्ष रुपमा प¥यो, तत्कालीन शासकहरु महिलाको आवाज सुन्न बाध्य भए र सुधारका कदमहरु क्रमिकरुपमा चालिए । महिलालाइ हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आयो ।
विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको विवरण अनुसार महिलाउपर हुने हिंसाहरुमध्ये निजहरुको नजिकको पार्टनरबाट हुने हिंसा प्रमुख रुपमा रहेको छ, संसारभरीका महिलाहरुमध्ये ३ जना महिलाहरुमा १ जना महिला जीवनमा एकपटक निजको नजिकको पार्टनर वा नन–पार्टनरबाट शारिरीक वा यौनिक हिंसामा कुनै न कुनै रुपमा पीडित भएका हुन्छन् । यसैगरी विश्वभरी भएका महिला हत्यामध्ये ३८ प्रतिशत हत्या उनीहरुको नजिकको पार्टनरबाट हुने गर्दछ । महिला हिंसाले उनीहरुको शारिरीक, मानसिक, यौनिक र प्रजनन स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको छ र कतिपय अवस्थामा ज्क्ष्ख् को संक्रमण समेत निम्त्याएको छ । पुरुषहरुमध्ये पनि कम शिक्षित, मदिरा सेवन गर्ने र महिलाउपर हुने दृष्टिगत अवधारणा आदिले पनि भूमिका खेलेको छ । यसैगरी द्वन्द्वको असर, स्थानान्तरण आदिको कारणले पनि महिलाउपर हिंसा बढेको भनि उल्लेख गरिएको छ ।
महिलाउपरको हिंसा विकसित, अल्प विकसित, विकासोन्मुख सबै देश र समाजमा व्याप्त रहेको छ । संयुक्त राज्य अमेरिकाको फेडेरल व्युरो अफ इन्भेस्टिगेसनको अनुसार त्यस देशमा सन् २०१२ मा ६७,३४५ महिलाहरु बलात्कारसम्बन्धी अपराधबाट पीडित हुन पुगेका थिए, सोही वर्ष जम्मा ७०,९३० जना पुरुषहरुउपर आरोप–पत्र दायर गरिएको थियो । बेलायतको अफिस अफ द नेशनल स्टाटिक्सिसले जनाए अनुसार सन् २०१८ मा ७.९ प्रतिशत महिलाहरु घरेलु हिंसाको स्वरुपबाट पीडित हुन पुगेका थिए यसरी हेर्दा सो वर्ष त्यहां जम्मा १३,००,००० महिलाहरु हिंसासम्बन्धी पीडामा परेका थिए । बेलायतमा घरेलु हिंसाको कारणले हरेक हप्तामा २ जना महिलाको हत्या हुने भनि जनाइएको पाइन्छ ।
हाम्रो छिमेकी देश भारतमा पनि महिलाउपरको हिंसाको तस्विर कहालीलाग्दो रहेको छ । भारतमा विशेषतः दार्इँजो, बोक्सी, एसिड आक्रमण, सामाजिक बेइज्जति, आदिबाट महिलाउपर हिंसा हुने गर्दछ । भारतलगायत विश्वका ५० देशहरुमा अहिले पनि वैवाहिक बलात्कारलाई अपराधको रुपमा लिने गरेको पाइँदैन । एक अध्ययनले जनाए अनुसार भारतमा ६५५ पुरुषहरु महिलाउपर हुने हिंसालाई सामान्य रुपमा लिने गर्दछन् र पारिवारीक निरन्तरता र संरक्षणको लागि जरुरी पनि ठान्ने गदर्छन् । नेपाल प्रहरीको वेभसाइटमा देखाइए अनुसार नेपालमा आर्थिक वर्ष २०७५÷०७६ मा २२३० जना उपर बलात्कारको आरोपमा, ७८६ उपर बलात्कार प्रयास आरोपमा, २७ जना उपर गर्भपतनको आरोपमा, ८६ जना उपर बालविवाहको आरोपमा, १४,७७४ जना उपर घरेलु हिंसाको आरोपमा ४६ जना उपर बोक्सी लगाएको आरोपमा, ४३ जना उपर छुवाछुत आरोपमा २११ जना उपर बालयौन दुव्र्यवहारको आरोपमा मुद्दा परेको थियो । समाजमा हुने महिला हिंसाहरुमध्ये प्रहरीसमक्ष कम मुद्दाहरु मात्र आउने गर्दछ । यो तथ्याङ्कले पानि हाम्रो देशको स्थिति नराम्रो रहेको छ ।
आधुनिक र प्रविधियुक्त अहिलेको विश्वले झेल्नुपरिरहेको अनेकौं प्रकारका समस्याहरुमध्ये महिलाउपरको हिंसा पनि एक प्रमुख समस्या हो । महिलाउपरको सबै प्रकारको हिंसाहरु सभ्य समाजको लागि सामाजिक कलङ्क, अभिशाप र अपराध हो । विश्वको सबै देश र समाजमा विद्यमान रहेको यस समस्यालाई मध्यनजर गर्दै संयुक्त राष्ट्र संघको साधारण सभाले सन् १९९३ को डिसेम्बर २० मा एक घोषणा जारी ग¥यो जो Declaration on elimination of violence against women भनेर चिनिन्छ । यस घोषणाको भाग १ मा महिलाउपरको हिंसाको अर्थ स्पस्ट पार्दे भनिएको छ ः–

The term ‘violence against women’ means any act of gender-based violence that results in, or is likely to result in, physical, sexual or psychological harm or suffering to women, including threats of such acts, coercion or arbitrary deprivation of liberty, whether occurring in public or in private life.

यसैगरी सोही घोषणाको भाग २ मा थप भनिएको छः–

Violence against women shall be understood to encompass, but not be limited to, the following:

(a) Physical, sexual and psychological violence occurring in the family, including battering, sexual abuse of female children in the household, dowry-related violence, marital rape, female genital mutilation and other traditional practices harmful to women, non-spousal violence and violence related to exploitation;

(b) Physical, sexual and psychological violence occurring within the general community, including rape, sexual abuse, sexual harassment and intimidation at work, in educational institutions and elsewhere, trafficking in women and forced prostitution;

(c) Physical, sexual and psychological violence perpetrated or condoned by the State, wherever it occurs.

सोही घोषणाको भाग ३ मा महिलालाई राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा समान अधिकार हुने उल्लेख गर्दै भनिएको छः–

Women are entitled to the equal enjoyment and protection of all human rights and fundamental freedoms in the political, economic, social, cultural, civil or any other field. These rights include, inter alia :

(a) The right to life;

(b) The right to equality;

(c) The right to liberty and security of person;

(d) The right to equal protection under the law;

(e) The right to be free from all forms of discrimination;

(f) The right to the highest standard attainable of physical and mental health;

(g) The right to just and favorable conditions of work;

(h) The right not to be subjected to torture, or other cruel, inhuman or degrading treatment or punishment.

नेपाली समाज परापूर्वकालदेखि नै पुरुषप्रधान रहेको र महिलालाई हेर्ने परम्परागत र रुढीवादी सोच अझै कायम रहेको कारणले महिला हिंसामा तुलनात्मक रुपमा सुधार आउन नसकेको मान्न सकिन्छ । विश्वको विभिन्न देशको तुलनामा हाम्रो संविधान र कानुनले महिलालाई समानताको आधारमा कानुनी हैसियत दिलाए पनि व्यवहारमा पूर्ण रुपमा यो परिणत हुन सकेको देखिदैन । समाजमा महिला हिंसा नहोस् र भए (गरेको अवस्थामा दोषीउपर कडा सजाय होस् भन्ने उद्देश्यले संसारका सबै देशहरुले कानुनी व्यवस्था गरेको हुन्छ । नेपालको संविधानले पनि समान कामको लागि लैंगिक आधारमा पारिश्रमिक तथा सुरक्षामा कुनै भेदभाव गरिने छैन भनि उल्लेख गरेको छ, यसैगरी पैतृक सम्पतिमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक हुने भन्ने प्रावधान रहेको छ ।
हाम्रो संविधानको धारा ३८ को विभिन्न उप–धाराहरुमा महिलाको हकको सम्बन्धमा विभिन्न व्यवस्थाहरु गरिएको छ । प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुने, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने, महिलाविरुद्ध धार्मिक, सामाजिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारिरीक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनि उल्लेख गरिएको छ र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने र पीडितलाइ कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने, राज्यका सबै निकायमा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुने, सम्पत्ति तथा पारिवारीक मामिलामा दम्पतिको समान हक हुने भन्ने प्रावधान रहेको छ । हाम्रो संविधान विश्वको प्रजातान्त्रिक र प्रगतिशिल संविधानहरुमध्ये एक हो । नेपली जनताको लामो संघर्ष, बलिदान, त्याग र क्रान्तिको परिणामस्वरुप प्राप्त भएको महिलाहरुको यस प्रकारको अधिकारलाई संस्थागत गर्दै व्यवहारमा उतार्न सके मात्रै सार्थक उपलव्धि हासिल गर्न सकिन्छ ।
प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घर परिवारभित्र वा परिवारसँग गाँसिएर हुने हिंसाजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा पीडित व्यक्तिलाई संरक्षण गरी न्याय प्रदान गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न हाम्रो देशमा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ जारी भई क्रियाशिल रहेको छ । यस ऐनले घरेलु हिंसाको परिभाषा दिँदै कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारिरीक, मानसिक, यौनजन्य वा आर्थिक याताना सम्झनुपर्ने भन्ने उल्लेख गरेको छ । यस ऐनमा कसैले पनि घरेलु हिंसा गर्न गराउन वा सो कुराको उद्योग गर्न वा घरेलु हिंसाको निमित्त कसैलाई दुरुत्साहन गर्नुहुँदैन र कसैले सो विपरीतको कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर मानिने भनि उल्लेख गरिएको छ । यस ऐनमा घरेलु हिंसाबाट पीडित व्यक्तिलाई उपचार गर्दा लागेको खर्च पीडकले व्यहोर्नुपर्ने, क्षतिपूर्ति दिलाइदिने तथा यस ऐन विपरीतको कार्य गरेमा सजायको व्यवस्था गरिएको छ ।
महिलाउपरको हिंसा नेपालमा मात्र नभएर मानव बसोवास गर्ने विश्वको सबै भूगोल र समाजमा व्याप्त रहेको सामाजिक दाग हो, हिंसाको प्रकृति अनुसार यो कतै अपराध हुन्छ, कतै अपमान हुन्छ, कतै विभेद हुन्छ भने कतै मानव अधिकारको उल्लङ्घन हुन्छ । महिलाउपरको सबै प्रकारको हिंसा र स्वरुपको निर्मुल गर्नु आजको आवश्यकता हो तथापी यो एकै दिन वा छोटो समयमा नै निर्मुल पार्न सकिने बिषय भने पक्कै होइन । मानिसलाई जहिले पनि परम्परा, संस्कृति र प्रचलनले निर्देशित गरिरहेको हुन्छ, रुढिवादी सोचले जरा गाडेको जुनसुकै समाज पनि रुपान्तरण हुन समय लाग्छ ।
अहिले हामी बाँचिरहेको समाज वा परिवेशलाई हेर्ने हो भने विगतको तुलनामा धेरै परिवर्तनहरु भएका छन् । पुरुषहरुले महिलाहरुलाई हेर्ने दृष्दिकोण विगतको जस्तो सङ्किर्ण र साँघुरो छैन अपितु यो पूर्ण भने छैन, घर परिवार र समाजबाट नै रुपान्तरणको यात्रामा अगाडि बढ्नुपर्दछ । पुरुषको तुलनामा अहिले पनि महिलाहरु सामाजिक, आर्थिक, राजनैतिक र शैक्षिक रुपमा पछाडि नै परेका छन् वा पारिएका छन् । समाज रुपान्तरणको लागि एक्लो व्यक्ति वा निकायको प्रयास प्रर्याप्त हुँदैन, समाजमा क्रियाशिल सबै तहको साझा प्रयत्न, अठोट र प्रतिबद्धताले नै लक्ष्यमा पुग्न सकिन्छ, तसर्थ महिला हिंसा न्युनीकरण तथा निर्मुल गर्ने सन्दर्भमा पनि सबैको साझा प्रतिबद्धता र यसलाई व्यवहारमा उतार गर्ने अठोट भयो भने निश्चय पनि महिला हिंसा कम हुँदै समाजमा सकारात्मक परिवर्तन देख्न सकिन्छ ।

सोमवार, माघ २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...