🌺🌺🌺गजल🌺🌺🌺

106 Views

म हस्दा तिमी डाहा गर बाल छैन
जिवन मेरो हो, तिमीलाइ कुनै सवाल छैन🌺

हिजो ठिकै मान्छे, आज परिवर्तन किन?
तिम्रो पनि त सन्सार होला, र त बोलचाल छैन🌺

उर्लिएको खहरे र शान्त तलाउ कहा मिल्थ्योर
त्यसैले त सौन्दर्य दर्शाइदिने छाल छैन🌺

नाफामुखी बजारमा मुटुको खुद्रा व्यापार भयो
माया दिए उधारोमा त्यसैले मालामाल छैन🌺

सम्बन्धका बाटोहरु बिकल्पमा परे जब
गन्तब्यहिन यात्री न हो सुर छैन, ताल छैन🌺

मङ्लबार, फाल्गुन १३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...