🌹🏵️गजल💐🥀

84 Views

परेलीको मिलन गर्न अनिदो रातसंग गुहारे🍂
नरोकिएको आशु पुछ्न मसानघाटसंग गुहारे🍂

कहा चहारे, कहा गुहारे खुसि फल्ने वृक्षहरु
पिडा भुलाउन पिडै दिने विश्वासघातसंग गुहारे🍂

लछारिईरहे, पछारिईरहे दूर थियो मनको समिप
वेदना मिल्ने रुखसंग छुट्टिएको पातसंग गुहारे🍂

प्रणयका बन्धनहरु सुर्किएर फुस्कदै गयो
याद दिलायो अनि अन्जानका उन्मातसंग गुहारे🍂

दिनपछि रात उहि दोहोरीरह्यो रफ्तारसंग
जलेको मन साक्षी राखि टाढिएका हातसंग गुहारे🍂

शुक्रबार, फाल्गुन १६, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...