थाइल्याण्ड ४३ रनले हार्यो

एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सिंगापुरले आयोजक थाइल्याण्डलाई ४३ रनले हराएको छ । सिंगापुरले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याउँदै थाइल्याण्ड १९ ओभरमा ९६ रनमा समेट्यो ।

थाइल्याण्डका लागि ओपनर डेनियल जैकोबले सर्वाधिक २८ रन बनाए । हेन्नो जोर्डनले १९ तथा जिआऊल हकले १७ रन बनाएपनि जितका लागि अपर्याप्त रह्यो । सिंगापुरको बलिङमा सुब्रमण्यम कात्र्तिकले सर्वाधिक तीन विकेट लिए । अनन्त कृष्ण, विनोद भाष्करण र जनक प्रकाशले दुई दुई विकेट बाँडे।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको सिंगापुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३९ रन बनाएको छ । १६ औं ओभरमा मात्र तीन विकेटको क्षतिमा ११२ रनको सम्मानजनक योगफलसम्म पुगेको सिंगापुर बाँकीको चार ओभरमा मात्र २७ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाउन पुग्यो ।

सिंगापुरका लागि सिद्धान्त सिंहले सर्वाधिक ५९ रनको योगदान दिए। जनक प्रकाशले उत्कृष्ट फिनिश गर्दै मात्र १४ बलमा २० रन बनाएर अविजित रहे ।
थाइल्याण्डका लागि महशिद फहीम र नोपोन सेनामोन्त्रेले सामान दुई दुई विकेट लिए । जिआऊल हक र सोरावत देसुग्नाले एक एक विकेट लिए ।

शनिबार, फाल्गुन १७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...