🌹🌹गजल🌹🌹

45 Views

मसानघाटले मागिरहेको शरिर देखाएर जानुछ,
इतिहासले पर्खेका कथाहरु लेखाएर जानुछ,

नरुनु भन्दै आशु पुछेझै गरी तीर हान्ने तिमी
परेलीले थाम्न नसकेका आशु छेकाएर जानुछ,

अजंगको पहाडभित्र झुपडी खोजे एउटा कुनामा
अभावको बदला सुन्दर महलमा टेकाएर जानुछ,

न ऐया न आत्था भन्यो मरिसकेझै आत्माहरुले
रुदा चिसिएको मुटु अंगालोमा सेकाएर जानुछ,

कति सपनाहरु नाङ्गो छानामुनि विलीन भए
रहर लुकाएर अंगालेका बाध्यता फुकाएर जानुछ।।।

बिहिबार, फाल्गुन २९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...