❤️💙💗💚गजल💛💖💜💝

बसाइँ मेरो, सुन्दर महल तिम्रो ❤️
बेफुर्सदी म, चहलपहल तिम्रो ❤️

कति स्वीकार्छ, समाज संस्कारले
ढल मेरो अनि जल तिम्रो ❤️

असह्यको वर्णन तब मात्र भयो
रोदन मेरो, खुसिको पल तिम्रो ❤️

नहेरेरै जवाफ?? बुझियो या बाझियो
निर्णयले देखाईदियो, निर्मल तिम्रो ❤️

यादगार प्रणयका बन्धनहरुमा
सिञ्चित मल मेरो, फल तिम्रो 💙

शनिबार, चैत्र ८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...