&🍇🌹&गजल&🍇🌹&

28 Views

नयन खुल्छन, सोच मोडिन्छ थाहा हुन्न,🍇🌹
भाग्य फुट्छन,फेरि जोडिन्छ थाहा हुन्न🍇 🌹

रफ्तारसंग दौडिरहन्छ जिन्दगी खै कहाँ पुग्न
एउटा भेटिन्छन्,अर्को छोडिन्छ थाहा हुन्न🍇🌹

बुढेसकाललाइ संगालेका पुराना रहरहरु
टिक्दैन केहिबेर, क्षणमै तोडिन्छ थाहा हुन्न🍇🌹

अहमता छ तिमीसंग, फरक केही छैन र पनि
अजम्बरी झै छ, चुडिन्छ ? फोडिन्छ थाहा छैन🍇🌹

प्राणले प्रण दिलाउछ,जिवित मनको रीत नहो
हराएको रहर,छोडिन्छ ?गोडिन्छ थाहा छैन🍇🍇🌹🌹

मङ्लबार, चैत्र ११, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...