मजदुरका लागि कोष खडा गर्न अध्यक्ष जि.सी.को अपिल

21 Views

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले ज्याला मजदुरी गरेर खाने मजदुर बर्गका लागि अत्यावश्कय सामग्रीहरुका लागि कोष खडा गर्न अपिल गरेका छन् ।

म्याग्दी जिल्ला मा दिनभरी मज्दुरी गरेर खाने मज्दुरहरुको एक हप्ताको लागि मज्दुर आफैले रासनपानी व्यवस्था गरेकै होलान । तर…

Posted by Narayan Gc on Wednesday, March 25, 2020

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जिसीले म्याग्दी जिल्ला मा दिनभरी मज्दुरी गरेर खाने मज्दुरहरुले एक हप्ताको लागि  आफैले रासनपानी व्यवस्था गरेको हुन सक्ने भएपनि त्यस पछिका लागि बैकल्पीक श्रोत खोज्न आग्रह गरेका छन् । जिसीले राज्यले कोरोना बिरुद्ध लड्नका लाग लकउन गरेको र यो लम्बिने स्थिति देखिएकाले सबै सरोकारवाला निकायहरुले मजदुरको जिवनरक्षाका लागि ध्यानाकार्षण गराएका छन् । त्यसका लागि जिल्ला समन्न्वय समिती र जिल्ला प्रसासन कार्यालयलगायतका सबै सरोकारवालाले ध्यान दिन पर्ने उनको भनइ छ । मजदुरको दैनिकिका लागि नगरपालिका, गाउपालिका, राजनितिक दलहरु, एनजियो, आइएनजियो, उध्योगी, व्यापारी, अन्य संघ सस्था तथा सहयोगी मनहरुलाइ स्वइच्छाले सहयोका लागि समेत अनुरोध गरेका छन् ।

बिहिबार, चैत्र १३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...